बास्केट बल संघको प्रशिक्षण, ३२ रेफ्री तयार

पोखरा । नेपाल बास्केट बल संघ गण्डकी प्रदेश समितीको तीनदिने निर्णायक (रेफ्री) तालिम कार्यक्रम सम्पन्न भएको छ । प्रदेश भरिका सामुदायिक बिधालयका खेल शिक्षक तथा पुर्ब बास्केटबल खेलाडी गरि ३२ जना निर्णायक (रेफ्री) तालिमको सोमबार समापन भएको छ ।
समापन कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुद प्रतियोगितालाई कुशलताका साथ सम्पन्न गर्नु नै रेफ्रीको मुख्य भुमिका रहने हुंदा त्यस तर्फ चनाखो रहेर काम गर्न नयां रेफ्री प्रशिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बास्केट बल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ , बास्केट बल संघका सल्लाहकारद्दय सुनिल गुरुङ, नारायण शर्मा , खेलकुद मन्च गण्डकी अध्यक्ष एमबी आस्था, अग्रज पत्रकार राज बहादुर गुरुङ, प्रशिक्षार्थी ईन्द्र गुरुङ लगायतले प्रशिक्षित निर्णायक ( रेफ्री) लाई प्रमाणपत्र प्रदान गरिएको थियो भने शुभकामना दिने वक्ताहरुले तालिमबाट प्राप्त ज्ञानलाई ब्यावहारमा उतार्दै अघि बढ्न शुभकामना दिईएको थियो । तीनदिने प्रशिक्षण कार्यक्रमको प्रशिक्षक अन्तर्राष्ट्रिय फिफा रेफ्री राज कुमार महर्जन हुनुहुन्थ्यो ।
बास्केट बल संघका प्रदेश उपाध्यक्ष किरण सापकोटाले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको नेपाल बास्केट बल संघ गण्डकी प्रदेश समितीका अध्यक्ष ध्वोज कुमार गुरुङको अध्यक्षता र सन्चालन प्रदेश महासचिब बिष्णु कुमार गुरुङले सन्चालन गर्नुभएको थियो ।

Advertisment