पोखरा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा सम्पन्न तमु धिं नेपाल पर्वत जिल्ला भेलाले दुर्लुङका प्रभु गुरुङको अध्यक्षतामा १७ सदस्यीय तमु धिं नेपाल पर्वत जिल्ला कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा क्षितिज गुरुङ, सचिवमा दुर्लुङका प्रितम गुरुङ, सहसचिवमा चित्रेका महेन्द्र गुरुरु, कोषाध्यक्षमा फलेवासकी रेवती गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ।
यसरी नै सदस्यहरुमा बाजुङका भिमबहादुर गुरुङ, विहादीका गणेश गुरुङ, बालाकोटका धन प्रसाद गुरुङ, दुर्लुङका अशोक(प्रेम कुमार गुरुङ), लामेका सु.डम्बर बहादुर गुरुङ, कुश्माकी पार्बती गुरुङ, खाल्टेका दिलीप कुमार गुरुङ, चित्रेका जयप्रकाश गुरुङ, भँगराका सागर गुरुङ लगायत रहनुभएको छ।
यसरी नै सल्लाहकारहरुमा इच्छाबहादुर गुरुङ, प्रवीण गुरुङ, टेकवहादुर गुरुङ (आनन्द गुम्वा), टेक बहादर गुरुङ (मोदी १), महेन्द्र कुमार गुरुङ, राजदेव गुरुङ रहनुभएको छ।
निर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने विशेष अतिथि इच्छाबहादुर गुरुङ, टेकबहादुर गुरुङ, क्या.ठाकुरप्रसाद गुृरुङ, कुमार गुरुङ, तमु धिं नेपालका सचिव जुमकाजी गुरुङ, केन्द्रिय सदस्य बिना गुरुङ लगायतले बधाईका साथै प्रमाणपत्र वितरण गर्नुभएको थियो । ।
यस अघि भेलाको उद्घाटन गर्नुहुदै प्रमुख अतिथी बिहादी गाँउपालिकाका अध्यक्ष प्रबिण गुरुङले भेलाको सफलताको शुभकामना व्यक्त गर्नुहुदै जाति भन्दा ठुलो पार्टी हुन नसक्ने भएकाले राजनीतिक विचार, आस्था फरक फरक भए पनि पर्वतका तमुहरु तमु धिं नेपाल पर्वत जिल्लामा गोलबन्द हुनुपर्नेमा जोड दिनुभयो ।तमु धिं नेपालका अध्यक्ष कर्म तमुप्रति सम्मान व्यक्त गर्नुहुदै उहाँले तमुहरुको एकता, मौलिक पहिचान, कला सँस्कृति संरक्षणका साथै समयानुकुल हामी परिमार्जित हुदै अधिकार प्राप्तिसहितको सान्दर्भिक उद्धेश्यहरुका साथ क्रियाशिल संस्थाले बेला बखत तमुहरुको फुस्रो आश्वासनमा अलमल्याउनेहरुलाई खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकार राम्रा नारा लगायत पदमा पुगे पश्चात तमु लगायत आदिवासीहरुलाई विर्सने गरेको दुखेसो गर्नुहुदै उहाँले सम्पुर्ण तमु संघ संस्थाहरुको एकता आवाश्यकतामा जोड दिनुभयो। अव सबै गुरुङहरु खुल्ला प्रतिस्पर्धाबाट पनि उत्कृष्ठ बन्ने प्रयास गरिए तमुहरुको प्रगति हुने भन्नुहुदै राज्य र दलहरुबाट पाउने कोटाहरुमा तमुहरुको समावेशीताका लागि पहल जरुरी रहेको उहाँको भनाई थियो। म बिहादी गाँउपालिकाको अध्यक्ष छु, हामीले बिहादीमा धर्म, सँस्कृतिको बारेमा बजेट विनियोजन गरे पनि तमुहरुले कहिल्यै माग गर्न नआउनु आफ्नो अधिकारबारे बुझ्न नसकेको हुनुपर्दछ भन्दै तमु धिं पर्वतले सम्पुर्ण तमुहरुलाई आफ्नो अधिकारका बारेमा प्रशिक्षित गराउदै संगठित गर्ने विश्वासका साथ आफ्नो व्यक्तिगत, विहादी गाँउपालिका र आफु आबद्ध रहेको पार्टीबाट सधै साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
विशेष अतिथि राप्रपाका केन्द्रिय सदस्य इच्छाबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालको स्थापनाका उद्धेश्य, लामो संघर्ष, योगदान र भुमिकाका बारेमा चर्चा गर्नुहुदै तमुहरुको एकताको अभियानमा तमु धिंले सफलता पाउने विश्वास गर्नुभयो। उहाँले पर्वतमा बसोबास गर्ने तमुहरुको साझा संगठनको रुपमा तमु धिं नेपाल पर्वत अघि बढ्ने शुभेच्छा प्रकट गर्नुभयो।
आनन्द गुम्बाका अध्यक्ष टेकबहादुर गुरुङ, मोदी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष टेकबहादुर गुरुङ, जिल्ला समन्वय समिति पर्वतका सदस्य दर्शन घले, पैयुँखोला तमु समाज पोखराका अध्यक्ष कुमार गुरुङ, फलेबास तमु समाजका सचिव रेवती गुरुङले शुभकामना व्यक्त गर्नुहुदै सम्पुर्ण तमुहरुको एकताको आवाश्यकताका साथै तमु धिं नेपाल पर्वतले तमुहरुलाई संगठित गर्दै नेतृत्व प्रदान गर्ने अपेक्षा गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष प्रभु गुरुङले आफुलाई लामो इतिहास बोकेको तमु धिं नपाल पर्वतको नेतृत्वको जिम्मेवारी प्राप्त भएको खुशी व्यक्त गर्नुहुदै पर्वतका सम्पुर्ण तमुहरु संगठित गर्दै उदाहरणीय कार्य गर्न आफ्नो कार्यसमिति सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
यसरी नै तमु धिं नेपाल पर्वतका सल्लाहकार महेन्द्रकुमार गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा स्वागत द्धितिय उपाध्यक्ष नारायण गुरुङले स्वागत र कृष्णकुमार गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
कार्यक्रममा तमु धिं नेपाल केन्द्रिय युवा समिति र चारभञ्ज्याङ तमु समाज पोखरा युवा समितिले नृत्य प्रस्तुतिका साथै वरिष्ठ सँस्कृतिकर्मी कृष्णकुमार गुरुङ पर्वतका पुराना गीतहरु प्रस्तुत गर्दै मनोरञ्जन दिलाएका थिए ।
तमु धिं नेपाल पर्वतको अध्यक्षमा प्रभु गुरुङ, गुरुङहरु एकतावद्ध एवम उत्कृष्ठ बनौंः गाँउपालिका अध्यक्ष गुरुङ
June 15, 2025
85

Advertisment