पोखरा । राजा महेन्द्रका विश्वासपात्र लमजुङका खगेन्द्रजंग गुरुङको निधन भएको छ । १९८८ मा लमजुङको घनपोखरामा जन्मिएका थिए । राजा महेन्द्रले उनलाई चीनका नेता माओत्सेतुङसम्म आफ्नो दूतका रुपमा पठाएका थिए । त्यसैगरि भारतिय प्रधानमन्त्री ईन्दिरा गान्धीले भारतमा ईमरजेन्सी लगाउंदा राय बुझ्न समेत पठाएका थिए । सोही क्रममा निर्वासनमा रहेका समाजबादी नेता नेपाली कांग्रेसका संस्थापक बिपि कोईरालासंग वनारसमा भेट भएको थियो ।
बिपिलाई भेटिरहंदा कास्कीका कांग्रेस नेता खेमराज पौडेलसंग बिपिकै निवासमा परिचय भएको पंड्त्तिकारलाई दुबैजनाले बताएका थिए । पौडेल केही समय अघि र गुरुङको हालै निधन भएको छ ।
गुरुङ पञ्चायतकालमा २२ बर्षको उमेरमा मन्त्री भएका थिए । पञ्चायतको अन्त्यपछि जनजाति पार्टीको अध्यक्ष बनेका उनको पार्टीलाई निर्वाचन आयोगले दर्ता दिएको थिएन । माओबादीको शसस्त्र द्दन्दताका तमुवानको आन्दोलनमा खरोरुपमा उत्रिएका खगेन्द्रजंग गुरुङलाई तत्कालीन शाही सेनाले हिरासतमा समेत लिएको थियो ।
उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । पछिल्लो समय ज्येष्ठ
नागरिक सेवा केन्द्रमा बस्दै आएका उनका ४ छोरी र २ छोरा छन् । श्रीमतीको पहिल्यै निधन भइसकेको छ ।