हया्ण्डबलका राष्ट्रिय खेलाडी बैदेशिक रोजगारीमा प्रस्थान

पोखरा । हया्ण्डबलका राष्ट्रिय खेलाडी बिशाल नेपाली बैदेशिक रोजगारीका लागी प्रस्थान गरेका छन । मुलुकको प्रतिनिधित्व गर्दै बिभिन्न देशमा हया्ण्डबल खेल्दै आएका बिशाल नेपालीलाई पोखराका अग्रज खेलाडी  एबं हया्ण्डबल संघका निवर्तमान केन्द्रिय सदस्य तथा नेपाल सितोरिया करांते महासंघका केन्द्रिय उपाध्यक्ष राम बहादुर गुरुङले खादा लगाई बिदाई गरिएको थियो ।

बिदाई कार्यक्रममा नेपाल बास्केटबल संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष एवं हया्ण्डबलका पुर्ब राष्ट्रिय खेलाडी जुम गुरुङ, हया्ण्डबल संघ कास्की अध्यक्ष चित्र थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितीका निवर्तमान सचिब यदुनाथ बन्जारा, हया्ण्डबलका राष्ट्रिय क्याप्टेन बिशाल बस्नेत लगायतको सहभागिता रहेको थियो । हया्ण्डबलका राष्ट्रिय खेलाडी बिशाल नेपाली आजै रोजगारीको शिलशिलामा कम्बोडिया प्रस्थान गरेका छन ।

Advertisment