घान्द्रुकमा रोधीं क्लबको अधिवेशन, अध्यक्षमा लक्षिण गुरुङ चयन

घान्द्रुकमा रहेको अथाह संस्कृति जगेर्ना गर्ने प्रतिबद्दता – अध्यक्ष लक्षिण गुरुङ

रोधीं क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ
पोखरा:  गुरुङ समुदायको सांस्कृतिक महत्व बोकेको रोधीं जगेर्ना गर्ने उदेश्य बोकेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको नयां नेतृत्व चयन भएको छ ।

गत शनिबार सम्पन्न भएको रोधीं क्लबको १७ औं साधारण सभा तथा चौथो अधिवेशनले लक्षिण गुरुङको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।

रोधीं क्लबको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ लामा, उपाध्यक्षमा रुक्सा गुरुङ (मिना), सचिवमा अर्जुन क्षेत्री, सहसचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा सन्तोष क्षेत्री चयन हुनुभएको छ ।

त्यसैगरि क्लबको सदस्यहरुमा कृष्ण बहादुर गुरुङ, ईश्वर गुरुङ, कृष्णा सुनार, मनबहादुर क्षेत्री मनोनित भएको छ ।

नवनिर्वाचित अध्यक्ष लक्षिण गुरुङ केही समय देखी बैदेशिक रोजगार बाट फर्किएर रक एण्ड मुड होटल ब्यवसाय सन्चालन गर्दै आउनुभएको छ । अध्यक्ष चयन पछि  गुरुङले भन्नुभयो घान्द्रुकमा रहेको अथाह संस्कृति जगेर्ना गर्दै समयको माग बमोजिम विकास, खेलकुद, शिक्षा, पर्यटनसँगै अगाडी बढ्ने लक्ष्य रहेरो उल्लेख गर्नुभएको छ ।

‘घान्द्रुकको विकासमा जनप्रतिनिधि र क्लबले सहकार्य गर्दै अगाडि बढ्ने छौं, नवनिर्वाचित अध्यक्ष गुरुङले भन्नुभयो, ‘कल्चर र नेचरमा धनी घान्द्रुकको विकाससँगै खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा बिशेष ध्यान दिने गरी काम गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ ।

Advertisment