दक्षिण कोरियामा बहुसांस्कृतिक कार्यक्रम हुने, नेपालबाट नेवारी कुमारी जात्रा प्रस्तुत गरिने

 

महेश ढुङगाना
दक्षिण कोरिया, २८ असोज

दक्षिण कोरियाको चाङवोन शहरमा अक्टोबर २४, २५ र २६ गते २०औं बहुसांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। ख्यानाम इजुमिन सेन्टर छाङव द्वारा आयोजित यस कार्यक्रममा १६ देशका प्रतिनिधिहरूले आ–आफ्नो मौलिक संस्कृति, भेषभूषा र कलाको झल्को दिनेछन्।

नेपालतर्फबाट यसपटक विशेष रूपमा नेवारी समुदायको कुमारी जात्रा ९इन्द्र जात्रा० प्रस्तुत गरिनेछ। परेड तथा स्टेज कार्यक्रममार्फत यो सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रदर्शन गरिने तयारी भइरहेको छ। कार्यक्रममा विशेष अतिथि कलाकारका रूपमा नेपालकी चर्चित गायिका मिलन नेवार सहभागी हुँदैछिन्। उहाँले सांगीतिक प्रस्तुतीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनेछिन्।

Advertisment