घान्द्रुकका सामाजिक व्यक्तित्व, भारतीय पुर्व गोरखा सैनिक गुरुङको निधन

पोखरा ।  कास्की जिल्लाको घान्द्रुक, छोम्रोड्का सामाजिक व्यक्तित्व भारतीय पुर्व गोरखा सैनिक दौबहादुर गुरुंगको गत मंगलवार ८७ बर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका -२ मोहरियाटोलमा परिवारसंगै बसोबास गर्दै आउनुभएको थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुक ( छोम्रोंग) बाट केहि बर्षदेखि पोखरामा बस्दै आउनुभएका स्व. गुरुङको परिवारमा वहांको श्रीमती मिनकुमारी गुरुङको साथै एक छोरा र पांच छोरी रहेको छ।

स्व. गुरुङका छोरा अनेक गुरुङ साथै छोरीहरु ओमकुमारी गुरुङ, रिता गुरुङ, शान्ति गुरुङ, मान्ति गुरुङ र कान्ति गुरुङ रहेको छन भने एक छोरी मिना गुरुङको पहिले नै निधन भैसकेको  छ । कान्छी छोरी कान्तिगुरुङ श्रेष्ठ  बिगतमा पोखरामा रेडियोकर्मीको पहिचान बनाएर केहि बर्षदेखि बेलायत बस्दै आउनुभएको छ ।

यसैबीच पोखराको तुलसीघाट नजिक रहेको तमु पे ह्यु संघमा गुरुङ संस्कृति र परम्परा अनुसार स्व. गुरुंगको अर्घोंसम्पन्न भएको छ। आंफ्नो परिवार, इष्टमित्रहरु सहित बिभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सोमबार अर्घुं सम्पन्न भएको छ।

कान्छी छोरी कान्ति गुरुङ बेलायतमा रहेको भएपनि नेपाली समुदायसंग सम्बन्धित बिभिन्न संघसंस्थामा सक्रिय हुनुहुन्छ । संचारकर्ममा केहि बर्ष सक्रिय रहंदा वहांले बेलायतमा नेपाली समुदायले आयोजना गरिने सांगीतिक सहित अन्य विभिन्न कार्यक्रमहरुको संयोजन समेत गर्दै आउनुभएको छ ।

कान्तिले बिभिन्न संघ संस्था मार्फत नेपालमा स्वास्थ्य र सामाजिक क्षेत्रमा समय समयमा बिभिन्न गतिबिधि गर्दै आउनुभएको कान्तिका श्रीमान अनुप श्रेष्ठले जानकारी दिनुभएको छ ।

बुवाको निधन भएको जानकारी पाए लगत्तै बेलायतमा रहनुभएका छोरी कान्ति र हाल जर्मनीमा रहनुभएका अर्की छोरी मान्ति गुरुङ सहित वहांहरुको परिवार नेपाल आउनुभएको छ । परिवारका अन्य सदस्यहरु भने नेपालमा नै रहेको बताइएको छ।

यसैबीच, आंफ्नो बुवाको सम्झनामा छोरी कान्तिले भावविह्वल बन्दै सामाजिक संजालमा लेखेकी छन.

मेरो प्यारो बाबा, म त घरमा आएँ तर तपाईंलाई देख्न पाइन बाबा, आकाश, धर्ती सबैलाइ सोधें तर केही खबर पाउन सकिन।

बाबा, तपाइले अरु बेला सानु ‘म गएँ गोठमा, दुध दुहेर आउछु’, सानु ‘एक्याप मिटिंगमा जान्छु अनि आउछु’ भन्दै जानुहुन्थ्यो म पर्खी रहन्थे। यसपाली त नफर्कने गरी जानुभएको रहेछ, त्यसैले त मलाई भन्नुभएन कहाँ जानुभएको भनेर, म घरमा आएँ तर तपाई आउनुभएन बाबा ।

बाबा, अन्तिम समय मूल घर नै जाने तपाइको जिद्धीलाइ बल्ल बुझें बाबा, बाबा तपाईको जित, हाम्रो हार भयो है बाबा ।

हामी सबैलाइ जिबन दिनुभयो, आंफ्नो जिम्मेबारी, माया कर्तब्य सबै सबै पुरा गर्नुभयो तपाइको बच्चा भएर जन्मन पाएकोमा हामी भाग्यमानी छौ है बाबा।

यो जिबन रहेसम्म हरेक पलमा तपाईंको अभावको महशुश भैरहनेछ बाबा, हामीले बिताएका ति रमाइला पलहरुलाई मुटुमा सजाएर हिंड्नेछु है बाबा।

तपाईंले रोज्नुभएको महायात्रा त पक्कै पनि तपाइले रोजेजस्तै शान्त र सुन्दर होला है बाबा ! आमाको चिन्ता नलिनुस, तपाईंले छोडेर जानु भएको तपाइंको बच्चाहरु छ आमाको साथमा है बाबा ।

अनि छोराको पनि चिन्ता नगर्नु, हाम्रो दाइको लागि हामी छौ ।

आफ्नो सारा जिबन दाइलाई सम्पर्ण गर्नुभएको तपाइंको प्यारी बुहारी नानी अनि तपाइको नाती राजा छ है बाबा, बरु अव तपाइले माइली दिदीलाई भेट्नुहुन्छ होला।

तपाइंको लागि ठाउँ बनाउने भनेर होला, दिदि पहिले नै अर्थात त्यति छिटो जानुभएको, राम्रोसंग खुसी भएर बाबा छोरी बस्नुस है बाबा, फेरी पनि अर्को जुनिमा मिल्छ भने मलाई तपाईकै स्यानु/ तपाइको झामिच्यो भएर नै जन्म होस् है बाबा।

मेरो प्यारो बाबा, अब त तपाईंलाई कुनै पनि दुख नहोस त्यो संसारमा है बाबा ।

तपाईले छोडेर जानुभए देखि तपाइको प्यारो कृतले आकाशमा हेरेर ‘मेरो दुधुबाजे तारा भएर हेरेको छ मामु’ भन्दै माथि आकाश तिर देखाएको तपाइले पनि देख्नुभयो होला नी है बाबा, कृतको प्यारो दुधुबाजे हो नि है बाबा तपाई ।

जसरी हामी सबैसंगै हुँदा तपाईंले आशिर्बाद दिनुहुन्थ्यो नि, त्यसैगरि हामी सबै परिवारलाई त्यो अदृश्य संसारबाट पनि आशिर्बाद दिईरहनु है बाबा, मेरो प्यारो बाबा धेरै माया, अविरल माया, असिम माया मेरो बाबालाइ…

Advertisment