पोखरा । पोखरा महानगरपालिका–४ गणेश टोल स्थित फेवा शिक्षा सदनमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थीहरुको शारीरि एवम् मानसिक विकास गर्ने उद्धेश्यले विद्यालयले खेलकुदको आयोजना गरेको हो ।
बुधबारदेखि सुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले उद्घाटन गरेका हुन् । उनले खेलकुदले विद्यार्थीहरुको पठन पाठन र अनुशासनमा समेत सहयोग पु्ग्ने उल्लेख गरे । यसैगरी विद्यालयका प्राचार्य अचुत पाण्डेले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विकासका लागि विद्यालयले खेलकुद लगायत विभिन्न अतिरिक्त कृयाकलापहरुको आयोजना गर्दै आएको बताउदैं यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरे ।
खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि विद्यालयका शिक्षक, शिक्षिकाहरुले सहजीकरण गरेको शैक्षिक विभाग प्रमुख सुमन आचार्यले जानकारी दिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष शुशिला शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख यज्ञराज पौडेलले गरेका थिए ।
खेलकुद प्रतियोगितामा कक्षा नर्सरी, एलकेजी र यूकेजीमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि, मिठाइ दौड, ५० मिटर, दौड, म्युजिकल चियर लगायतका खेलहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लगि एक सय, दुइ सय, चार सय, आठ सय मिटर दौड, फुटबल, बास्केट बल, रस्साकसी, म्युजिकल चियर, घैटो फुटाउने लगायतका खेलहरुको आयोजना गरिएको अतिरिक्त कृयाकलाप प्रमुख सन्तोष रानाभाटले जानकारी दिए ।




