मंसिर २०, कास्की,
अन्नपूर्ण गाउँपालिका, कास्कीको घान्द्रुक गाउँमा करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण हुनै लागेको तमु क्होइवो कोँड (घान्द्रुक) निर्माणको शिलान्यास सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले मंसिर १९ गते एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । तमु प्ये ल्हु संघ, घान्द्रुक इकाइ समितिका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अहिलेसम्म गाउँपालिकाबाट २५ लाख रुपैयाँ लगानी भइसकेको र चालु आर्थिक वर्षमा थप १० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराइएको थियो। साथै विभिन्न चन्दादाताहरूबाट डेढ करोड रुपैयाँभन्दा बढी संकलन भइसकेको आयोजक पक्षले जनाएको छ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा नं। ७ का वडाध्यक्ष भरतमना गुरुङ, वडा नं। १० का वडाध्यक्ष गौतम गुरुङ, वडा नं। ११ का वडाध्यक्ष हिम बहादुर गुरुङ, पत्रकार तथा समाजसेवी राज बहादुर गुरुङ, आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष धर्म बहादुर गुरुङ, तमु प्ये ल्हु संघका पूर्व केन्द्रीय बरिष्ठ उपाध्यक्ष आइ बहादुर गुरुङ, गुमप्रसाद गुरुङ, संघका कास्की सचिव क्याप्टेन डिक बहादुर गुरुङ, जग्गादाता किसम गुरुङ, अर्थ संकलन समितिका कोषाध्यक्ष रत्न गुरुङ, निर्माण समितिका अध्यक्ष क्षेत्र बहादुर गुरुङलगायतले शुभकामना एवं धारणा व्यक्त गरेका थिए। कार्यक्रममा लामाचौर तमु समाजद्वारा स्वागत नृत्य पनि प्रस्तुत गरिएको थियो।




