हरिप्रसाद बास्तोला, गण्डकी । बैवाहिक जीवनको पच्चिस बर्ष पुरा भएको अवसरमा सञ्चारकर्मी नेपाल टेलिभिजन पोखरा समाचार दाता गिरिधारी पोखरेलले आफ्नो वैवाहिक बर्षगाँठ वृद्धाश्रमका बृद्द/ बृद्दा संग मनाएका छन । पोखरा वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकका लागि उनले भोजनको व्यवस्था गरिएको थियो ।
औपचारिक कार्यक्रम मार्फत मनाइने प्रचलन बढि रहेको वर्तमान अवस्थामा पोखरेलले त्यस्तो फजुल खर्च कटाएर समाजका असहाय र विपन्न जेष्ठ नागरिकसंग खुशी साट्ने निर्णय गरेको बताए । श्रीमती लक्ष्मी, छोरा सुमित र छोरी समृद्धि पोखरेल तथा दाजु ऋषिराम पोखरेलले आश्रममा आश्रित जेष्ठनागरिकलाई खानाको व्यवस्था गरेका थिए ।
समाजका विपन्न्न एवम् असहाय जेष्ठ नागरिकको पालन पोषण गर्ने मुख्य लक्ष्यका साथ २०५२ सालमा स्थापना भएको आश्रममा हाल सेवक सेवीका सहित ४५ जना रहेको पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिए ।
प्रत्येक महिना चार लाख ५० हजार भन्दा बढी खर्च हुने गरेको बताउँदै पराजुलीले भने पछिल्लो समय वैवाहिक एवम् जन्मोत्सव जस्ता खुशीका क्षण तथा पित्रीको सम्झनामा दाताहरुले सहयोग गर्दै आएको समेत जानकारी गराएका छन ।
उनका अनुसार व्यक्तिगत खुशीलाई समाजसेवासंग जोड्दै गरिएको यस्तो कार्यले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै खानाको लागि १५ हजार रुपैया आश्रमले लिने गरिएको छ । हाल आश्रममा ४५ जना विपन्न तथा असहाय जेष्ठ नागरिक आश्रृत रहेकाछन ।




