दिपक मनाङे कारागारबाट रिहा

पोखरा । गण्डकी प्रदेशका पूर्व मन्त्री तथा सांसद दीपक मनाङे भनिने राजीव गुरूङ रिहा भएका छन्। डिल्लीबजार कारागारमा रहेका उनी बुधबार छुटेका हुन् ।

२०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्चले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो।

२० वर्षपछि २०८१ कात्तिक २० सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो।

यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय थियो। मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए। उनी दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्थ्यो। त्यसमा जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत छुटको आदेश दिएको थियो।

Advertisment