समानुपातिक सांसदमा कुन दलले कति वटा पाए हेर्नुस पुरा विवरण

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गर्दा  नेपाली कांग्रेसले २० सिट र नेकपा एमालेले १६ सिट पाएको छन । यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान ४ सिट पाएका छन् ।

अन्य दलहरुले भने राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि आबश्यक मत पाउन सकेनन।  आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत (९६.०५ प्रतिशत) मत सदर भएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आर्यागले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने छ वटा राजनीतिक दललाई भागबन्डा गरेर सिट संख्या निर्धारण गरिएको हो । यता निर्वाचन आयोगले मान्यता प्राप्त दलहरुलाई ३ दिन भित्र लिष्टेड मध्येका प्राथमिकताका आधारमा नाम सिफारिस गर्न समय सिमा तोकेको छ ।

Advertisment