काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थीको कार्यगत एकता गरेर जानुपर्ने बताएका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले प्रतिगमनलाई पराजित गर्नु नै अहिलेको मुख्य काम भएको बताए ।
“आज हामी यतिबेला कहाँबाट समाजवाद निर्माण गर्नु ? यहाँ प्रतिगमन गरेर हैरान छ, यतिबेला प्रतिगमनलाई पराजित गर्नु मुख्य काम हो । सबै लोकतान्त्रिक वामपन्थी शक्ति मिलेर कार्यगत एकताका माध्यमबाट जानैपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ,” उनले भने ।
“एमाले हाम्रा नीति सही छन् कि छैनन् भनेर कुनै एकता/एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदैछैन । हाम्रा नीति बिल्कुल सही छन् । हामीले राजनीतिक, आर्थिक, सांस्कृतिक अनेकमा सही नीति निर्धारण गरेर जनताको बहुदलीय जनवादको प्रकाशमा समसामयिक ढंगले अझ प्रभावकारी समयानुकूल बनाउँदै जोसुकैले बुझ्नै गरी समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य हो,” उनले भने । file – photo



