चुनाबका लागि कांग्रेसले वडा वडामा खटायाे,प्रतिनिधि,काे कहां खटिए

पाेखरा । नेपाली कांग्रेस पोखरा महानगर समितिले कास्की–२ मा हुने आशन्न उपनिर्वाचनका लागि वडा प्रतिनिधि खटाएको छ । महानगर समितिको बैठकले महानगरभित्र पर्ने ११ वटा वडामा चुनाव प्रचारप्रसारका लागि प्रतिनिधि खटाएको महानगर सचिव रामजीप्रसाद कोइरालाले जानकारी दिए ।

बैठक नगर सभापति वजीरमान श्रेष्ठको सभापतित्वमा बसेको थियो ।

नगर सचिव रामजीप्रसाद कोइरालाका अनुसार पोखरा–७ मा सरोज नारायण बराल, ८ मा रामजीप्रसाद कोइराला, ९ मा ध्रुवनाथ अधिकारीलाई निर्वाचन प्रतिनिधिको रुपमा खटाइएको छ ।

यसैगरी पोखरा–११ मा सुनिलकुमार गुरुङ, १५ मा डम्बरबहादुर थापा, १६ मा सुवर्ण केसी, १७ मा विश्वमोहन पौडेललाई खटाइएको छ ।

यस्तै पोखरा–२० मा भवसागर बराल, २१ मा नारायणप्रसाद पौडेल, ३३ मा शिवप्रसाद अधिकारीलाई प्रतिनिधिको रुपमा खटाइएको छ ।

यी प्रतिनिधिलाई तत्कालै आआफ्नो क्षेत्रमा खटिएर चुनाव प्रचारप्रसार गर्नुका साथै जनताका आकांक्षा बुझेर पार्टीमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । यसअघि जिल्ला कार्यसमितिले पनि चुनाबी प्रयाेजनकै लागि यसरी नै प्रतिनिधि खटाएका थिए । ति प्रतिनिधिहरुले कस्ताे प्रतिबेदन दियाे वा दिईएन भन्ने कुरा गुपचुप राखिएकाे एक जिल्ला सदस्यले बताएका छन ।

Advertisment