प्रजातन्त्र टाठा,बाठाकाे आर्थिक स्वार्थका लागि – ज्ञानेन्द्र शाह

काठमाडौं– ७० औं प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् ।

पूर्वराजाद्वारा जारी शुभकामना सन्देशमा प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने उल्लेख छ । शुभकामना सन्देशमा प्रजातन्त्र व्यवहारमा देखिनुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, सन्देशमा पूर्वराजाले नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमङ्ग र उत्साहमा सार्थक हुन नसकेको भन्दै केही टाठाबाठाहरुको आर्थिक स्वार्थका लागि मात्र नभइ देशका सबै जनता र सिङ्गो देशका निम्ति प्रतिफलकारी हुनुपर्ने जनाएका छन् ।

Advertisment