३६ बर्ष पछि ”आइरन लेडी कर्म तमु” बाट बिश्राम लिने घाेषणा, तमु धिं काे अध्यक्षमा हुम तमु निर्विरोध निर्वाचित

पोखरा । तमु समुदायको पुरानो सामाजिक संस्था तमु धिं नेपालको ३६ बर्ष नेतृत्व गरेका ‘आइरन लेडीकाे’ उपमा ले परिचित कर्म तमुले बिश्राम लिएका छन ।
बिगतमा राजदरबार, बिभिन्न राजनीतिक दलहरु बाट सरकारी ओहोदा, सभासद, मन्त्री पद अफर हुंदा समेत अस्वीकार गर्दै कर्म तमुले मानब जगत, तमु समुदायका ब्यक्तिगत तथा सामुहिक समस्या तथा अधिकारका लागि लड्दै अाएका थिए ।

कर्म तमुले स्व-ईच्छाले अध्यक्ष छाड्ने भएपछि नेतृत्वमा चयन हुनाका लागि अाकांक्षीहरु रहेता पनि अन्ततः अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । केही दिनकाे विवादपछि करिब एक सातापछि प्रक्रिया पुर्याएर निर्वाचन समितिले हुमबहादुरलाई निर्विरोध निर्वाचित भएकाे घोषणा गरेको हो ।

तमुधिँ स्थापनाको ३६ वर्ष पश्चात नेतृत्व हस्तान्तरण भएको छ । २०४२ साल स्थापना कालदेखि नै लगातार तमु धिंको नेतृत्व गर्दै आएकी आइरन लेडी कर्म तमु पश्चात युवा समाजसेवी, समुदायका अधिकारका लागि संघर्षशील, बौद्धिक व्यक्तित्व एवम पत्रकार हुमबहादुरले आगामी नेतृत्व गर्ने भएको हो ।

तमु धिं नेपालको १५औं महाधिवेशनको नेतृत्व चयनका क्रममा चारभञ्ज्याङ तमु समाजका हुमबहादुरसहित पदाधिकारीहरु निर्विरोध चयन भएका छन् ।

बुधवार निर्वाचन समितिले प्रकाशित गरेको सूचना अनुसार, वरिष्ठ उपाध्यक्षमा ताङतिङ दुधपोखरी तमु समाजका सु.मे श्रीप्रसाद तमु, प्रथम उपाध्यक्षमा सिद्धार्थ तमु समाजकी गीमाया तमु, द्धितिय उपाध्यक्षमा याङजाकोट तमु समाजका नारायण तमु, महासचिवमा मिलिजुली विजयपुर तमु समाजकी अधिवक्ता जुनाकुमारी तमु, सचिवमा फिर्के तमु समाजका जुमकाजी तमु, सहसचिवमा चिउली पाचे तमु समाजका मेनकाजी तमु, कोषाध्यक्षमा नादा तमु समाजका गमबहादुर तमु, सहकोषाध्यक्षमा तमु सहयोग समितिकी सुवेदार तुलबहादुर तमु निर्विरोध चयन भएका हुन । अन्य सदस्यहरु भने बिधान बमाेजिम पदाधिकारीहरु बाट चयन गरिने भएकाे छ ।

लामो समय तमु धिं मा नै रहेर गुरुङ युथ फोरम, प्रचार संयोजक, केन्द्रीय सदस्य, द्धितिय उपाध्यक्ष हुँदै ८ महिना कार्यवाहक अध्यक्षको जिम्मेवारी सकुशल निर्वाह गरेका अध्यक्ष पदका प्रत्यासी हुमबहादुर संगै उम्मेदवारी दिएका ई. देउकाजी तमुको उम्मेदवारी बदर भएको निर्वाचन समितिको निर्णय पश्चात हुमबहादुर निर्विरोध भएका हुन ।

बदर गर्नुअघि नै देउकाजी तमुले पत्रकार सम्मेलन गरी निर्वाचन प्रकृयाबाट बाहिरिएको सार्वजनिकीकरण गरेका थिए । यद्यपि निर्वाचन समितिले असोज २४ गते शनिवार घोषणा कार्यक्रम राखेको छ ।

असोज १६ गते नै ३६औं वार्षिक साधारणसभा र १५औं महाधिवेशन सम्पन्न हुनुपर्नेमा विविध कारण देखाउँदै असोज ११ गते नै निर्वाचन समितिले निर्वाचन प्रकृया स्थगित गरेको थियो ।

जिल्ला प्रसासन कार्यालय कास्कीलाई जानकारी दिदै असोज १९ गतेबाट पुनः निर्वाचन प्रकृया निरन्तरताको क्रममा उम्मेदवार विरुद्ध उजुरी छानविन गर्दा देउकाजी तमुले उम्मेदवारले पालना गर्नुपर्ने नियम विपरित सिफारिस पेश गरेकाले उम्मेदवारी बदर गरिएको निर्वाचन समितिले प्रकाशन गरेको सुचनामा उल्लेख छ ।
बांकी कार्य समिति सदस्य तथा बिभागिय प्रमुख भने बिधान बमाेजिम कार्यसमितिकाे बैठक बाट चयन गरिने भएकाे निर्वाचन समितिका प्रमुख अायुत्त बरिष्ठ अधिवत्ता कृष्ण बहादुर गुरुङले जानकारी जानकारी दिएका छन ।
photo file – Gurkhamedia.com

Advertisment