काठमाडौं । चीन सरकारले सहयोग स्वरुप दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज चीन जाँदै छ।
निगमका अनुसार आज राति ११:३० बजे वाइडबडी जहाज बेइजिङ प्रस्थान गर्नेछ।
निगमको वाइडबडी जहाज ४०० थान सिलिन्डर र २० थान भेन्टिलेटर लिएर भोलि दिउँसो २:३० बजे काठमाडौं आइपुग्नेछ ।
चीनले सहयोग गर्ने बाँकी सिलिन्डर भने पछि क्रमशः स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।