लागूऔषध सहित ५ युवक प्रहरीकाे फन्दामा

पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले साेमबार एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै लागूऔषध, गाँजा सहित केही युवा पक्राउ गरेकाे जनाएकाे छ ।

लागूऔषध ओसारपसार र बिक्रि बितरण हुंदैछ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शनिवार पोखरा महानगरपालिका वडा नं.१६ तुम्के स्थित बाटोमा पक्राउ गरेकाे हाे ।
यसरी पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१६ जोगमणी बस्ने बर्ष २१ को समिर गुरुङ समेत ५ जनालाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट डाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा १ के.जी. २२३ ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाएकाे छ ।
पक्राउ व्यक्तिहरुको विवरण :-
1. नाम : समिर गुरुङ
उमेर : २१ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी
2. नाम : अथित गुरुङ
उमेर : २१ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी
3. नाम : मोहित खवास
उमेर : २४ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ बाटुलेचौर
4. नाम : मनोज बि.क.
उमेर : १८ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१९
5. नाम : कुमार ठकुरी
उमेर : ३० वर्ष
ठेगाना : जिल्ला धादिङ सुनौलाबजार -६ घर भई हाल
जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी

पक्राउ सामानको विवरण :-
1. डाईजापाम – ७ एम्पुल
2. फेनेरागन – ७ एम्पुल
3. बुर्फिनफ्रिन – ७ एम्पुल
4. गाँजा – १ के.जी. २२३ ग्राम
उनीहरुलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरी थप अनुसन्धान भईहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता/ सुचना अधिकारी डिएसपि सुवास हमालले जानकारी दिएका छन् ।

Advertisment