सिमित स्रोतबाट आवश्यकताहरूलाइ प्राथमिकिकरण – अर्थमन्त्री बराल

पोखरा । असार २, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल “जीबन” ले  आर्थिक वर्ष २०७९ /८० को बजेटमा सिमित स्रोत बाट बिषयगत मन्त्रालयॅा बजेटको ब्यवस्था गरिएको बताउनुभएको छ । आज अर्थ मन्त्रालय गण्डकी प्रदेशमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनको  पुरा बिवरण ः-

पत्रकार साथीहरू
गण्डकी प्रदेस सरकारले आर्थिक वर्ष २०७९र८० को लागि कुल रू ३५ अर्व ९० करोड ९० लाख आकारको बजेट गण्डकी प्रदेस सभामा पेश गरिसकेको व्यहोरा यहाँहरूलाइ विदितै छ । अन्तरसरकारी समन्वय र पारस्पारिक सहयोगलाई प्रभावकारी बनाइ संघीयताको सुदृढ कार्यान्वयन तथा उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी प्रदेश समृद्धिका आधार तयार गर्ने उद्देश्य सहित ल्याइएको यो बजेटले मुख्यतस् कृषि प्रवर्द्धन र व्यावसायीक उत्पादन, कृषियोग्य जमिनमा सिंचाई सुविधा विस्तार, आधारभूत खानेपानीमा सबैको पहुँचको सुनिश्चितता, आधारभूत स्वास्थ्य, पुर्वाधार विकास, समावेशिता र सामाजिक न्यायलाई आफ्नो प्राथमिकतामा राखेको छ । सोही बमोजिम नै बजेटका कार्यक्रमहरू केन्द्रीत छन् ।
हाम्रा आवश्यकता असिमित छन, चाहनाहरू धेरै छन् तर स्रोतको सिमितता छ । सिमित स्रोतबाट आवश्यकताहरूलाइ प्राथमिकिकरण गरी हाम्रा आवश्यकताहरू क्रमशस् पुरा गर्दै लैजानुपर्ने वर्तमान यथार्थता हो । त्यसैले प्रस्तुत बजेटले सबैका ती विविध चाहनालाइ नसमेटेको हुनसक्छ तर आधारभुत आवश्यकतालाई सम्बोधन गर्दै प्रदेशलाइ आगामी दिनमा आत्मनिर्भर बनाउने र समृद्धिको मार्गमा अगाडि बढाउनेतर्फ यो बजेट केन्द्रीत रहेको पनि म यहाँहरूलाइ जानाकारी गराउन चाहन्छु ।
यो बजेट तयार गर्दा हामीले गण्डकी प्रदेश सरकारको चालु आवको नीति तथा कार्यक्रम लाइ मुख्य आधार मानेका छौं । नेपालको संविधान, पन्ध्रौं पञ्चवर्षीय योजना, गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना, राजनीतिक दल, विज्ञ लगायत सबै क्षेत्रका सरोकारवालाहरुको सुझावलाइ ध्यान दिदै विषयगत मन्त्रालयबाट पेश भएका कार्यक्रमलाई प्राथमिकीकरण गरिएको छ । बजेटमा जनचाहनाको सम्बोधन गर्न र प्रदेश समृद्धिको दिशामा अगाडि बढाउन केही नयाँ कार्यक्रमहरू प्रस्ताव गरिएको छन् । एक निर्वाचन क्षेत्र एक कृषि सडक, संघ प्रदेश र स्थानिय तहसंगको साझेदारीमा कृषि उत्पादनमा आत्मनिर्भर कार्यक्रम, कृषक टप अप ग्राण्ट, लिफ्टिङ्ग खानेपानीमा लाग्ने विद्युत महसुलमा छुट, नदिमा आधारित विकास गूरूयोजना, मुस्ताङ काली गण्डकीको जग्गा उकास र स्याउ खेती, जलासयमा आधारित सिंचाई आयोजनाहरू, विद्युत्तीय चार्जिङ्ग स्टेशन स्थापना र विद्युतीय सवारी साधनको प्रयोगमा जोड, सिक्दै कमाउदै कार्यक्रम, जेष्ठ नागरिक दिवा सेवा केन्द्र जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण, डायलासिस सेवा विस्तार, लमजुङ अस्पताललाई सरकारीकरण गर्ने, बाग्लुङ्ग धौलागिरी अस्पत्तालको लागि सिटी स्क्यान खरिद, सामुदायिक वन पोखरी कार्यक्रम, पोखरा महानगरपालिका सँगको साझेदारीमा बसपार्क व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन जस्ता नितान्त नयाँ कार्यक्रमहरू प्रस्ताव गरिएको छ, भने प्रदेशको विकासको लागि महत्वपुर्ण रहेका विगतदेखि सञ्चालनमा रहेका प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक, सडक पुल र झोलुङ्गे पुल लगायतका पूर्वाधार निर्माणका कार्यक्रमहरूलाइ निरन्तरता प्रदान गरिएको छ । त्यसै गरी प्रदेश विकासको गौरव गण्डकी विश्वविद्यालयको प्रभावकारी सञ्चालन व्यवस्थापन, सरूवा तथा सङ्क्रामक रोग अस्पत्तालको सुदृढीकरण, प्रदेश प्रशिक्षण प्रतिष्ठान, गण्डकी प्रदेश प्राविधिक तथा व्यावसायीक शिक्षा र तालिम प्रतिस्ठान जस्ता नियमितताका कार्यक्रमहरू पनि प्रस्ताव गरिएका छन् ।
गण्डकी प्रदेशको चालु आवको बजेट कार्यान्वयन योग्य, स्रोतका दृष्टिकोणले धानिन सक्ने, धान्न सक्ने खालको रहेको छ । हाम्रो स्रोत प्राप्तिको अवस्था, खर्च गर्न सक्ने क्षमताको विश्लेषण गरी यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरिएको छ । काल्पनिकतामा रमाएर आम्दानी विश्लेषण नै नगरी कार्यान्वयन नै नहुने महत्वाकांक्षि कार्यक्रम प्रस्तुत गर्नुको अलावा कार्यान्वयन हुसनसक्ने धान्न सक्ने खालको योजना समावेश हुनु बढि उपयोग हुने विश्वास लिएको छु । त्यसैले यी पक्षलाइ विश्लेषण गरेर गण्डकी प्रदेशको बजेट तयार भएको स्मरण गर्दै सुशासन, सेवा प्रवाहमा गुणस्तरियता कायम गर्ने, स्रोतको प्रभावकारी उपयोग गर्ने, प्रशासनिक खर्चमा मितव्ययीता नीति अवलम्वन गर्ने र खर्चको कोणबाट प्रदेशले बजेट कार्यान्वयन पुर्ण रूपले गर्न सक्ने जस्ता बजेटका राम्रा पक्षहरू पनि उल्लेख गर्न चाहन्छु ।
यो बजेटको कार्यान्वयनबाट तत्काल प्रतिफल दिने र एक वर्षभित्र सम्पन्न हुने प्रदेशका रुपान्तरणकारी आयोजना, प्रदेश गौरबका आयोजना एवं निर्माणाधिन अधुरा क्रमागत आयोजनाको कार्यान्वयनमा तीब्रता आउने, प्रदेशका रणनीतिक महत्वका आर्थिक, सामाजिक र भौतिक पूर्वाधार आयोजनाको निर्माण कार्य अघि बढ्ने र सेवा क्षेत्र विस्तारित हुने र समृद्ध प्रदेश(सुखी प्रदेशवासीको आकांक्षा हासिल गर्न थप योगदान पुर्‍याउने अपेक्षा सहित बजेट कार्यान्वयनमा यहाँ पत्रकार साथीहरू सहित सबैको पूर्ण सहयोगको अपेक्षा सहित ‘समृद्ध गण्डकी प्रदेश’ निर्माणमा योगदान गर्न आह्वान गर्दछु।

धन्यवाद ।​ मिति २०७९ असार २

Advertisment