पोखरा । भीमकाली क्लव पोखराको अध्यक्षमा मदनलाल श्रेष्ठ चयन भएका छन् । शनिबार पोखरा–१ बगरमा क्रियाशिल क्लवको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लवको उपाध्यक्षमा अनिस गुरुङ, सचिवमा चाइनिज गुरुङ, कोषाध्यक्षमा किरण अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा अन्जन देवकोटा, युनिका तामाङ, आयुषा सुनार, निश्चल गुरुङ र स्नेहा साई चयन भएको निर्वाचन संयोजक अधिवक्ता बिष्णु प्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर १ वडाध्यक्ष शाहारा प्रधानले उद्घाटन गरे । उनले क्लवले समाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै निर्वाचित नयाँ कार्यसमितिलाई क्लवलाई सामाजिक दायित्वमा गर्ने गतिविधीमा वडामा साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा क्लवका संस्थापक अध्यक्ष विम्ब कवि प्रज्ञा रमेश श्रेष्ठ र संस्थापक कोषाध्यक्ष युसफ श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरुलाई क्लवका विभिन्न गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व विम्ब कवि प्राज्ञ रमेश श्रेष्ठ, दिप युनाइटेड क्लबका अध्यक्षका बिष्णु गुरुङ, भीमकाली टोल विकास समिति अध्यक्ष कल्पना पराजुली ’रोजी’, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार समिति अध्यक्ष कल्पना आचार्य बास्तोला, क्लवका सल्लाहकार दिल प्रसाद गुरुङ, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा बोलेका थिए ।
साधरण सभाले सचिव चाइनिज गुरुङको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष राजकुमार गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।
संस्थाका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शोभा गुरुङले स्वागत र सचिव चाइनिज गुरुङले सञ्चालन गरेका थिए ।