११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, हङकङमा बिभिन्न बिधामा योगदान दिएका महिला सम्मानित

हङकङ । गैरआवासिय नेपाली संघ हङकङ महिला बिभाग र नेपाली महिला संघ हङकङ द्दारा संयुक्तरुपमा आयोजना गरिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस स्थानिय मङकोकको सभाहलमा भब्यरुपमा सम्पन्न भएको छ ।

नेपाली महिला संघ हङकङका अध्यक्ष एवं गैरआवासिय नेपाली संघ आईसिसीका महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली मुलका बिभिन्न संघ.संस्थाहरुको भब्य उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथीका रुपमा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ रहेका थिए ।हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी हुन पाउँदा हर्षित भएको बताउंदै यो विशेष अवसरमा धेरै प्रेरणादायी विचारहरू सुन्ने मौका पाएको उल्लेख गरेका थिए ।

महिलाहरू समाज र राष्ट्रको मेरुदण्ड रहेको उल्लेख गर्दै उनीहरूका योगदान बिना कुनै पनि राष्ट्रको समृद्धि सम्भव छैन भन्नेमा कसैको दुईमत नरहेको बताए ।

समाजमा महिलालाई हेर्ने दृष्टिकोण सुधारिएको अवस्था नरहेको उल्लेख गर्दै समावेशी समानुपातिक सिद्दान्तबाट महिलाहरुको उपस्थिति भएपनि कार्यकारी तहमा उनीहरुलाई अझै स्वीकारिएको छैन सांसद गुरुङको भनाई रहेको थियो । अब हामी सबै मिलेर समान अवसर, नेतृत्वमा अर्थपूर्ण सहभागिता र आत्मनिर्भरता प्रवर्द्धन गर्ने दिशामा अघि बढ्नुपर्ने कुरामा सांसद गुरुङ भनाई थियो ।

यस दिवसले महिलाहरु लाई नयाँ उर्जा प्रदान गर्दै समतामूलक समाज निर्माणको दिशामा अघि बढ्न प्रेरित गर्ने बिश्वास रहेको समेत गुरुङको बिश्वास ब्यक्त गरेका थिए ।

आवासिय नेपाली संघ हङकङ महिला बिभागका संयोजक कबिता गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो ।

कार्यक्रममा गैरआवासिय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल महिलाले गरेका हरेक काममा पुरुषहरुको साथ रहने हुंदा महिला सफल हुनमा पुरुषको ठुलो हात रहेको छ भने पुरुष सफल हुन पनि महिलाको त्यत्तिकै हात रहेको हुन्छ । भेदभाव भन्दा पनि दुबै एकै रथमा रहेको बुझ्नुपर्नेमा ढकालको जोड रहेको छ ।

स्थानीय कलाकार सरला तमाडःपबित्रा राई,रोषा लिम्वु लगायताले नेपाली हामी गित बोलको तारादेबीको गित रोचक ढंगले गाएका थिए ।
गैरआवासिय संघ हड्कडका महासचिब अनु राई, डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ लगायतले बिज्ञान र प्रविधिको युगमा पनि महिलाको अवस्था भने हिजोकै युगमा रहेकोमा चिन्ता प्रकट गरिएको थियो ।

हङकङका लागी भारतिय काउन्सिलर सुरबी गोयल, हङकङका लागी नेपाली काबा काउन्सिलर सतिश गुरुङ, सरला तामाडं् रोश रोशा लिम्बु ,पबित्रा राईको राष्ट्रिय गित प्रस्तुतिले सभाहलमा देश प्रतिको भावनाले एक पटक सभाहल पुरै भावुक बनाएको थियो । कार्यक्रममा

पहिलो नेपाली याऊ चि माडः जिल्लाका काउन्सिलर अरूण गुरुङ र समाजसेवी पुष्पा गुरूड (गुरूआमा) लाई अभिनन्दन गरिएको थियो ।

सामाजिक क्षेत्रमा योगदान दिएका फियानो हङकङको अध्यक्ष कल्पान चाम्लिड राई, तामाङ धेदुङ संघका अध्यक्ष अनिता तामाङ, पुन मगर समाजका अध्यक्ष गोमा पुन, लाघाली समाज हङकङ का अध्यक्ष निगम थापा र तमु टो ह्यूला हङकङको महिला संयोजक भक्ति गुरुङ लगायत ५ जना महिला लाई सम्मान गरिएको थियो ।

ब्यापार तर्फ चुलो रेष्टुरेन्टका सन्चालक पर्वती गुरूड र बु्द लाउन्च चकलेटका प्रोपाईटर गिता क्षेत्री लाई सम्मान गरिएको छ । खेलकुद तर्फ तेक्वान्दोका डन २ पद्दबी टप माउन्टेनका करुणा प्रधान लाई सम्मान गरिएको छ ।

सन २०१३ देखी दुबै संस्थाको सकृयतामा यसरी समाजमा योगदान दिएकाहरुलाई सम्मान गरिंदै आएको छ । बिगत केही बर्षदेखी year Of the woman’s का लागी योग्य पात्रको खोजीमा रहेको देखिन्छ ।
संयुक्त जुम्बा का सुकु लिम्बु टिम र ससाना नानीहरू को नृत्य बाट मनोरंजन गराएका थिए । कार्यक्रममा नेपालबाट आएका गण्डकी प्रदेश सांसद सरस्वती गुरूड र अग्रज पत्रकार राज बहादुर गुरूडलाई स्वागत तथा सम्मान गरिएको थियो ।

Advertisment