हरिप्रसाद बास्तोला

गण्डकी ।  नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्व पछिल्लो समय सामुहिकरुपमा मनाउन थालिएको छ । वेदनाका स्वरहरु गुञ्जने तिज पर्वमा पछिल्लो समय मुलुकमा आएको परिवर्तनसंगै सामुहिक दर खाने र महिला हक अधिकारका बारेर चर्चा गर्ने प्रचलन बढेको हो ।

पोखरा महानगरपालिका वडा नं. २८ पहरेपानी स्थित वास्तोला कुल सेवा समितिको ट्रष्पट भवनमा वन्दु समाजले तिज पर्वको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा जम्मा भएका महिलाहरुले सामुहिक दर खाएर, नाच गान गर्दै पर्व मनाएका थिए ।

कार्यक्रममा आफन्त भएर पनि विवाह गरेर वाहिर गएका कतिपय वसाई सराईको कारण लामो समयसम्म भेटघाट नभएका हजुर आमादेखि नातिनीसम्म तीन पुस्ताको जमघट भएको थियो । सो अवसरमा दाजुभाई मिलेर पुलाउ, सादा भात, पिढालुको गावा, तामा, पनिर जस्ता अगानीक तरकारी सहित दरमा समावेश गरिएको थियो ।

कुलसेवा समितिका सल्लाहकार एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले तिज पर्वको सवैमा शुभकामना व्यक्त गर्दै सामुहिक तिज मनाउने संस्कार दिदी वहिनी बीच एक आपसमा भेटघाटको पर्वका रुपमा विकसित भएको बताउनुभयो । ग्रामीण क्षेत्रमा हुने यस्ता कार्यक्रमले मौलिक र अर्गानीक खानाको स्वाद चखाउनुको साथै एक आपसमा आत्मियता अभिवृद्धि हुनेमा उहाँको जोड थियो ।

कुलसेवा समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सुरेन्द्र वास्तोला र स्थानीय आमा समुहले शव्द र स्वागत गानद्धारा आगन्तुलाई स्वागत गरिएको थियो । कार्यक्रममा पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्न बास्तोला वन्दु र आफन्त जनको उल्लेखनीय सहभागिता रहेको थियो ।

Advertisment