बास्केटबल संघमा ३ जना मनोनित,महिला राष्ट्रिय प्रतियोगिता असार १९ देखि हुने

पोखरा । नेपाल बास्केटबल संघ गण्डकी प्रदेशले रिक्त रहेको सदस्यमा ३ जना सदस्य मनोनित गरेको छ ।
संघको सोमबार सम्पन्न बैठकले बास्केटबलका पुर्ब राष्ट्रिय खेलाडी अमित तुलाचन र पुर्ब खेलाडी दिवस कुंवर त्यसैगरि मर्दिखोला बास्केटबल क्लबका अध्यक्ष आशा गुरुङलाई मनोनित गरिएको संघका अध्यक्ष ध्वज कुमार गुरुङले जानकारी दिनुभएको छ ।
बैठकले बास्केटबल संघ गण्डकी प्रदेशको आयोजना र  प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा यही असार १९,२०,२१ मा हुने महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको सात प्रदेशमा समन्वय गर्न महासचिव बिष्णु कुमार गुरुङ लाई संयोजक तोकिएको छ । त्यसैगरि बैठकले प्रदेश कोषाध्यक्ष दिलिप गुरुङको संयोजकत्वमा आर्थिक संयोजकमा चयन गरेको छ ।

Advertisment