‘पद्यावत’ को सक्सेस पार्टी निर्देशक भन्सालीले समुद्रमाथि दिने

एजेन्सी ।

भारतिय चलचित्र ‘पद्यावत’ रिलिजपूर्व धेरै विवादमा पनि तानियो । तर, रिलिजपछि दर्शले फिल्मलाई मज्जाले पनि साथ दिए । अहिलेसम्म यो फिल्मले २ सय ७५ करोड भारुको कमाई गरिसकेको छ ।

सञ्जयलीला भन्साली निर्देशित यो फिल्ममा रणवीर सिंह, दिपिका पादुकोण, शाहिद कपुर लगाएतको अभिनय रहेको छ । यो फिल्मले सफलता हासिल गरेको खुशीयालीमा २४ फेब्रुअरीमा निर्देशक भन्सालीले विशेष पार्टी गर्ने भएका छन् । २४ फेब्रुअरी उनको ५५ औ जन्मदिन पनि हो ।

उनले यसपालीको पार्टी कुनै तारे होटलमा होइन, समुद्रको विचमा गर्ने योजना बनाएका छन् । पार्टीमा सहभागी टिमलाई रेष्टुरेन्टसहितको जहाजमा राखेर बान्द्राबाट हिँडाउने छन् । बीचमा पुगेपछि जहाज रोकिने छ । यो आफैमा विशेष खालको जहाज छ । यसमा प्रशस्त मात्रामा खुल्ला स्थान रहेको छ भने प्राइभेट डाइनिङ एरिया पनि छ ।

Advertisment