पोखरामा प्रेट्रोलियम पदार्थको अभाव कारण यस्तो

 

भुपाल गुरुङ,
पोखरा ५ बैशाख ।

प्रेट्रोलियम पदार्थ ढुवानी टयाङकर चालकको आन्दोलनका कारण पोखरामा प्रेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

बुधबार पोखराका पम्पहरुमा प्रेट्रोल र डिजेल वितरण गरेका छैनन् । केहि पम्पबाट वितरण गरेपनि सवारी साधानको लामो लाइन छ । गत बैशाख २ गते विरगन्जमा टयाङकर चालक माथी प्रहरीले हातपात गरेको भन्दै टयाङकर चालकहरु आन्दोलित भएका थिए । ट्याङकर चालकहरुले प्रेट्रोलियम पदार्थ नै लोड नगरि आन्दोलनमा उत्रिएपछि ढुवानी नहुदा बजारमा अभाव देखिएको हो ।

भारतमा अमेकर जयन्ती र आइतबारको सार्वजानिक विदा संगै चालकहरुको आन्दोलनका कारण नेपाली ट्याङकरहरुले प्रेट्रोल र डिजेल भर्ना पाएका थिएनन् । चालक आन्दोलन फिर्ता हुदाँ पनि लोड भएका टयाङकर नआइपुग्दा पोखरामा प्रेट्रोलियम पदार्थ अभाव देखिएको नेपाल अयाल निगम गगन गौडा डिपोका प्रमुख नवविनोद पोखरेलले बताए । डिपोले बुधबार मात्रै ८४ हजार लिटर प्रेट्रोल र १ लाख २४ हजार डिजेल पोखरा बजारमा पठाएको छ । पोखरामा सामन्यतय दैनिक ८० हजार लिटर प्रट्रोल र २ लाख लिटर डिजेलको माग छ । बजारमा देखिएको अभाव संगै उपभोक्तले खपत बढाउदा माग पनि बढ्न गएको हो । बजारमा देखिएको अभाव कुनै कारण नभएकाले विस्तारै हट्ने गण्डकी टयाङकर व्यवसायी संघका निर्वात्तमान अध्यक्ष सुनिल गुरुङले बताए । उनका अनुसार अब सवारी साधानले प्रेट्रोलियम पदार्थको लागि लाइन बस्न नपर्ने समेत बताए ।

कास्कीमा ३६ वटा प्रेट्रोल पम्पहरु छन । पोखराको गगनगौडा डिपोमा ३ लाख ५० हजार लिटर प्रेट्रोल र २२ लाख लिटर डिजेल भण्डारण क्षमता छ । डिपोले कास्की, स्याङजा, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका जिल्लामा प्रेट्रोल र डिजेल वितरण गर्छ ।

Advertisment