स्याड्डजा वालिड्ड र हेमजा–११ ‘वि’ शुभकामना कपको सेमिफाइनलमा

पोखरा, ६ वैशाख। स्याड्डजा वालिड्ड युनाईटेले सहज जित निकाल्दै गर्दा आयोजक हेमजा–११‘वि’ लाई ट्राइवेकरको सहारा लिनु प¥यो।
स्याड्डजा वालिड्ड युनाईटेले पश्चिम पृतना आर्मीलाई ४–० ले पराजित गर्दा आयोजक हेमजा–११ ‘वि’ ले एलजी एशोशियसनलाई ट्राइवेकरमा ६–५ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तह गरेको छ।स्याड्डजा वालिड्ड युनाईटेडको तर्फबाट विश्वास श्रेष्ठले दुई, विष्णु थापा र अजित मियाले एक÷एक गोल गरे।म्यान अफ दि म्याच सुरज हमालको पासमा खेलको १५ र ६४ मिनेटमा विश्वास श्रेष्ठले दुई गोल गरे। विष्णु थापाले ३४ र अजित मियाले ३८ मिनेटमा गोल गरेका थिए।

यता एलजी एशोशियसनले अग्रता जोगाउन नसक्दा हेमजामा जारी शुभकामना कप–२०७५ को क्वाटरफाईनलबाट वाहिरीएको छ।
पहिलो हाफमा दुई गोल गरेपनि दोस्रो हाफमा समालिन नसक्दा खेल अतिरिक्त समयमा धकलिएको थियो। अतिरिक्त समयमा गोल हुन नसकेपछि निर्णय लिन ट्राइवेकरको सहारा लिन प¥यो।एलजी एशोशियसनका गोविन थापा र सञ्जय बुढाथोकीले खेलको १७ र २१ मिनेटमा गोल गरेपनि हेमजा–११ ‘वि’ का अभिषेक कुँवरले सेकेण्ड हाफको ६० र ६३ मिनेटमा गोल गरि खेल वारावरीमा पु¥याएका थिए।
खेलको सेकण्ड हाफको ४३ मिनेटमा एलजी एशोशियसनका सिङ्कमान तामाङ डबल एलो पाएपछि मैदान वाहिरीएका थिए।

१० खेलाडिमा सिमित रहनुनै एलजी एशोशियसनलाई दुर्भाग्य वन्यो। त्यसको फाइदा लिदै हेमजा–११ ‘वि’ सेमिफाइनलको यात्रा तह गर्ने अवसर पायो। म्यान अफ दि म्याच हेमजा–११ ‘वि’ का गोल किपर प्रवेश सुनार घोषित भए।शुक्रबार सेमिफानलका खेल हुने छन्। प्रतियोगिताको पहिलो सेमिफानल खेल हेमजा–११ ‘ए’ र स्याड्डजा वालिड्ड युनाईटेडबीच र दोस्रो सेमिफाइनल खेल हेमजा–११ ‘वि’ र अमरसिंह व्वाईज क्लबबीच हुने हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।

Advertisment