बुद्ध जयन्तीमा याङजाकोट मेला हुदै

 

भुपाल गुरुङ,
पोखरा १३ बैशाख ।

२५६२ औँ बुद्ध जयन्तीको अवसरमा कास्कीको याङजाकोटमा मेला हुने भएको छ । स्थानिय मिलन युवा क्लवको आयोजनामा कास्की मादी गाँउपालीका ३ अन्र्तगत याङजाकोट गाँउमा बैशाख १५, १६ र १७ गते रजत महोत्सव एवम याङजाकोट मेला हुन लागेको हो ।

ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै गाँउपालीका स्तरीय भलिबल, बास्केटबल, खुल्ला सामुहिक नृत्य प्रतियोगीता, ठेलो हान्ने, घैटो फुटाउने, रस्साकस्सी लगायतका प्रतियोगीता आयोजना गरिएको पोखरामा पत्रकार सम्मेलन गरि क्लवका संस्थापक अध्यक्ष देविजंग गुरुङले बताए ।

प्रतियोगीता मध्ये गाँउपालीका स्तरीय भलिबल र बास्केट बल तर्फ विजेताले नगद ५५ हजार र उपविजेताले ३३ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । त्यसैगरी खुल्ला सामुहिक नृत्य प्रतियोगीता तर्फ प्रथम हुनेले नगद ४० हजार, द्धितिय हुनेले नगद ३० हजार र तृतिय हुनेले नगद २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ भने ठेलो तर्फ प्रथम हुनेले नगद ५ हजार र द्धितिय हुनेले नगद २५ सय मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताएको छ । मेलाको बैशाख १५ गते प्रदेश ४ का प्रमुख बाबुराम कुवाँरले उद्घाटन गर्ने आयोजकले जनाएको छ । मेला सम्पन्न गर्नका लागि करिव ७ लाख ६० हजार आर्थीक खर्च लाग्ने अनुमान गरिएको क्लवका अध्यक्ष विकास गुरुङले बताए ।

गुरुङ समुदायको बहुल्यता रहेको याङजाकोटमा बुद्ध जयन्तीलाई परापुर्वकाल देखि नै मेलाका रुपमा मनाउदै आएको छ । याङजाकोट पोखराबाट १९ किलोमिटरको दुरीमा सडक यातायातबाट पुग्न सकिन्छ ।

Advertisment