काभ्रेलीको खुल्ला रक्तदान

पोखरा, २ जेठ । काभ्रेपोखरा मिलन समाज,कास्कीेको आयोजनामा १८ औ वार्षिकोत्सबको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सिद्धिबक्स गणका गणपति प्रमुखसेनानी मदन थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा बुधवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख सेनानी मदन थापाक्षेत्रीले समाजका पूर्वअध्यक्ष अर्जुन बन्जारालाई व्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा पूर्वअध्यक्षहरु अुर्जन बन्जारा, दुर्गाप्रसाद हुमागाई आजिवन सदस्य शिवप्रसाद खकुरेल, अतिथि डा बालगोपाल कर्माचाय, डा कृष्णगोपाल श्रेष्ठ, अन्तरसमाज महासंघका अध्यक्ष दिपेन्द्र राई, भिमसेन दाहाल प्रतिस्ठानकी अध्यक्ष सविता पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समाजका अध्यक्ष सुदर्शन न्हुछे प्रधानको सभाध्यक्षता र कार्यक्रम संयोजक कालिप्रसाद मैनालीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य समाजका प्रथम उपाध्यक्ष रमेश घिमरेले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको थियो ।

 

Advertisment