द्धन्द्ध पिडित लिला गुरुङलाई सहयोग आउने क्रम जारी

रोशनी गुरुङ÷पोखरा ७ असार, पूर्वी नेपालको इलाम स्थायी घर भई हाल नयाँ पोखरामा अस्थाई बसोबास गर्दै आउनुभएका द्धन्द्ध पिडित लिला गुरुङको उपचारको लागि देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ ।

केहि समय अगाडि पोखराबाट प्रशारण हुने गण्डकी टेलिभिजन मार्पmत लिलाको पिडा प्रशारण भएपछि देश विदेशबाट सहयोग आउने क्रम शुरु भएको थियो । यसै शिलशिलामा आज मात्र यु.के.बाट विन्दास च्यारिटी ग्रुपले आपूmहरुले च्यारिटि मार्फत संकलन गरेको रकमबाट लिलालाई नगद २५ हजार आर्थिक सहयोग गरेको छ । ग्रुपका संयोजक पार्वती गुरुङले आज पिडितको निवासमै पुगेर सो रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै समाजसेवी पार्वती गुरुङले आपूmहरुले गत महिना यु.के.मा सम्पन्न गोर्खा कपमा खाजाको स्टल राखेर सो स्टल मार्पmत खानाका परिकारहरु बिक्री गरी जम्मा भएको आम्दानीको रकमबाट नेपालमा दुःख पिडामा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएको बताउनु भयो । सो ग्रुपमा माया गुरुङ, कल्याण गुरुङ र बत्ति गुरुङले आपूmलाई साथ दिएको संयोजक पार्वती गुरुङले बताउनुभयो ।

२०६२ सालमा पोखराको चिप्लेढुङ्गामा सडक पेटीमा बसी फलपूmल बेची रहेका बेला लिलालाई बमको छर्रा लागेको थियो । करिब १३ वर्षपछि सहयोगी मनहरुको आर्थिक सहयोगबाट ४ दिने पहिले मात्र लिलाको खुट्टामा लागेको छर्रा सफलता पूर्वक निकालीएको छ भने उहाँको स्वास्थ्य अवस्था अहिले क्रमक रुपमा सुधार हुँदै गएको छ । लिलालाई हालसम्म देश विदेशबाट करिब ९ लाख रुपैंया आर्थिक सहयोग प्राप्त भएको उहाँका भाइ महेन्द्र गुरुङले जानकारी दिनुभयो ।

Advertisment