पर्यटकीय गाँउ हर्पनमा तीज मेला सम्पन्न

भ्रमण वर्ष २०२० को युवाहरुको नेतृत्वमा –  राजीव पहारी

पोखरा, भदौ १५ गते
भानु पराजुली
कास्कीको पर्यटकीय गाँउ पोखरा महानगरपालिका २३ हर्पनमा संचालित तीज मेला–२०७६ सोमवार सकिएको छ । निल गगन विकास समाजले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सदस्य राजीव पहारीले समापन गर्नुभएको थियो । प्रदेश सदस्य पहारीले ग्रामिण क्षेत्रको पर्यटन प्रर्वधनको लागि यस्ता मेला र महोत्सव प्रभावकारी भएको वताउनुभयो । उहाँले भ्रमण वर्ष २०२० को सफलताका लागि युवाहरुको नेतृत्वमा थप सृजनशील कार्यक्रम गरिनुपर्ने सुझाव दिनुभयो ।
मेलामा खुल्ला तीज गीत प्रतियोगिता, खुल्ला पुरुष वडास्तरीय भलिवल प्रतियोगिता तथा छेलो प्रतियोगिता लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रम गरिएको समाजका अध्यक्ष वैकुण्ठ पौडेलले जानकारी दिनुभयो । भलिवल प्रतियोगितामा ठूलाखेत समूह प्रथम तथा घाँटीछिना समुह दोस्रो हुँदै क्रमशः दश हजार तथा पाँच हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै तीज गित प्रतियोगितामा जनसिद्ध वाल समूह प्रथम, पिपलडाली दिदीवहिनी समूह दोस्रो हुँदै क्रमशः पाँच तथा तीन हजार सहित प्रमाणपत्र प्रदान गरिएको समाजका सचिव सुदिप पौडेलले जानकारी दिनुभयो । यस्तै तेस्रो भएको मेयलडाँडा र सान्तोवना भएको पँधेराखाल्टा आमा समूहले पनि दुई हजार तथा एक हजार सहित प्रमाणपत्र पाएको पौडेलले जानकारी दिनुभयो । तीज गितको निर्णायकमा समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार धर्मराज पौडेल, सल्लाहकार भानु पराजुली तथा जनसिद्ध आधारभूत विधालयका प्रधानाध्यापक लेखवहादुर क्षेत्री रहनुभएको थियो । यसैगरी छेलोमा प्रथम राजु खड्का भएर एक हजार रुपैयाँ र प्रमाणपत्र पाउनुभयो भने किरण सुनारले दोस्रो भई पाँच सय रुपैयाँ र प्रमाणपत्र पाएको सचिव सुदिप पौडेलले जानकारी दिनुभयो ।
पोखराको हल्लनचोकदेखि फेवातालको किनारै किनार १५ किलोमिटरको दुरीमा पुग्न सकिने हर्पनमा होमस्टे, दृश्यालोकन, प्याराग्लाडिङ्ग, तथा स्थानीय कला र संस्कृतिको विकास लागि युवा क्लवले भविष्यमा काम गर्ने अध्यक्ष पौडेलले वताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुली, वडा सदस्य गीत भटट्राई, संस्थापक अध्यक्ष धर्मराज पौडेल, स्थानीय युवाहरु शिव परियार, सुदिप पौडेल लगायतले वोल्नुभएको थियो ।

Advertisment