पुम्दीकाे दुर्गा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

पोखरा, १७ कात्तिक (रासस) ः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सहित विद्यार्थीको आकर्षण बढाउने उदेश्यले यहाँको एक सहकारीले विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्री वितरण गरेको छ ।

विरुवा बचत तथा ऋण सहकारी संस्थाद्धारा पोखरा २२ पुम्दीभुम्दी तारेभीरस्थित विकट दुर्गम स्थानमा रहेको दुर्गा आधारभूत विद्यालयका ४० जना विद्याथीलाई एक लाख मुल्य बरावरका पोषाक एवम् शैक्षिक सामाग्री वितरण गरेको हो ।

कास्की जिल्ला वचत संघका उपाध्यक्ष भेषराज बरालले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै सहकारी संस्थाहरुले शिक्षा क्षेत्रको विकासमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको विकासमा आम्दानीको केही अंश लगानी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले यस्ता सहयोगले शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

२०२९ सालमा स्थापित सो विद्यालयमा हाल ४० जना विद्यार्थी र ११ जना शिक्षक शिक्षिका अध्ययन अध्यापनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पा गुरुङले जानकारी दिनुभयो ।

विरुवा सहकारीका अध्यक्ष चित्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मा, सामाजिक अभियन्ता सुष्मा पौडेल लगायतले सहकारी संस्थाहरु सामाजिक विकाससंगै उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनु भएको थियो । तस्वीर उपलव्धछ ।

हरि बास्तोला

Advertisment