लाहाचोकमा फुटवल हुँदै

निराजन अधिकारी

हेमजा, २८ मंसिर।माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव माछापुच्छे«–४, लाहाचोकको आयोजनामा आगामि माघ १ गतेदेखि ६ गतेसम्म ११ ए साइड फुटवल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।त्यस्तै उत्कृष्ठ गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता तथा अनुशासित समूहलाई पनि पुरस्कारको व्यवस्था गरीएको खेल संयोजक राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतियोगिताको विजेता पुरस्कार स्मार्ट माछापुच्छे« सेवा समाजका संयोजक भगवान शाहीले प्रायोजन गरेको छन् ।शनिवार बसेको बैठकले विभिन्न १२ उपसमिति गठन गरेको र प्रतियोगितामा गण्डकी प्रदेशका क्लवले मात्रै भाग लिन पाउने क्लव अध्यक्ष निरज शाहीले बताए ।

Advertisment