श्री नमुना फुलवारी समाजकाे अधिबेशन सम्पन्न,अध्यक्षमा पुनः लक्ष्मी गुरुङ

पोखरा, २७ पुस
पोखरा १५ स्थित श्री नमुना फूलवारी समाजको आइतवार तेश्रो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवशेनले सर्वसम्मत रुपले पुनः लक्ष्मी गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा पुर्णकुमारी गुरुङ, सचिवमा सियाना थापा, सहसचिवमा अञ्जली रानामगर, कोषाध्यक्षमा रेशकुमारी गुरुङ, सदस्यहरुमा आशा खाम्चा, सुनुमाया जलारी, कृष्णकुमारी दुरा र ललिता गुरुङ चयन हुनुभएको छ। सर्वसम्मत नवनिर्वाचित कार्यसमितिको घोषणा, पद तथा गोपनीयताको सपथ ग्रहण निर्वाचन समितिका संयोजक एसआइसी पोखराका संस्थापक एजेन्सी मेनेजर रुकबहादुर गुरुङले गराउनुभएको थियो भने पत्रकार हुमबहादुर गुरुङ प्रमाणपत्र वितरण गर्नुभएको थियो।
पुनः निर्वाचित अध्यक्ष लक्ष्मी गुरुङले थप क्रियाशिल भएर समाजको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
यस अघि साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष प्रकाश पौडेलले शुभकामना व्यक्त गर्नुहुदै सामाजिक विकासका लागि स्थापित संघ, संस्था समाजसँग वडा कार्यालय सहकार्य गर्ने बताउनुभएको थियो। उहाँले नमुना फूलवारी समाज वडाभरकै उदाहरणीय संस्था बन्ने अपेक्षासहित शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथिहरु एलआइसी पोखराका संस्थापक एजेन्सी मेनेजर रुकबहादुर गुरुङ, नेकपा स्याङजाका सचिवालय सदस्य हुमबहादुर गुरुङ, अधिवक्ता जुनाकुमारी गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै सभ्य समाज निर्माणका लागि एकिकृत अभियानका लागि स्थापित नमुना फूलवारी समाजको सफलताका लागि आफुहरुको सक्दो सहयोग रहने वचनवद्धता गर्नुभएको थियो।

साधारणसभामा सचिव रेशकुमारी गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको अनुपस्थितीमा कार्यक्रम सञ्चालक हुमराज गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

उक्त कार्यक्रममा निवर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई समाजका संस्थापक सदस्य गुमानसिंह गुरुङले सम्मान गर्नुभएको थियो।
समाजका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सदस्य गुमानसिंह गुरुङले समाजको स्थापनाको उद्धेश्य र आगामी कार्यदिशाका बारेमा चर्चासहित स्वागत मन्तव्य र हुमराज गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

Advertisment