स्याङजाको गाँउमा स्वास्थ्य सामाग्री वितरण

भुपाल गुरुङ,
पोखरा १७ चैत्त ।

विश्वव्यापी रुपमा फैलिइरहेको कोराना भाइरस रोकथाम र नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले देशलाई लकडाउन गरेपछि गाँउ जाने व्यक्तिहरुको संख्या दिनप्रतिदिन बढ्दै छ । लामो समय लकडाउन भएपछि मानिसहरु गाँउ केन्द्रित हुन थालेका हुन । शहरबाट गाँउ जानेको संख्या ह्वात्तै बढे संगै गाँउमा कोराना भाइरस फैलिने जोखिम पनि बढदै गएको छ । गाँउमा भिडभिड बढेर जोखिम बढ्दै गएपछि स्थानिय युवा पनि सजग हुन थालेका छन् ।

स्याङजाको वालिङ नगरपालीका वडानम्बर ३ का स्थानीय युवा नेता बेद बहादुर गुरुङले आफ्नो व्यक्तिगत खर्चमा गाँउमा साधारण स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पोखरा बस्दै आएका उनले गाँउमा भाइरस फैलिने जोखिम बढ्को भन्दै आफ्नै खर्चमा १५ सय मास्क, हात धुने साबुन र स्यानिटाइजर लगायतका सामाग्री वडाध्यक्ष सुकराज गुरुङको उपस्थितीमा वितरण गरेका हुन् । उनले वालिङ ३ का बाङखे, राम्चे, माझकोट, बुढाकोट, सिगाँरकोट, तल्लोखाल्टे, रानीश्वारा लगायत गाँउका स्थानीयलाई साधारण स्वास्थ्य सामाग्री वितरण गरे । अहिले कोराना रोकथाम र नियन्त्रणका लागि पहिलो साधारण सामाग्री देशभर अभाव भइरहदाँ गाँउमा भने गुरुङको पहलमा उक्त सामाग्री वितरण गरेको हो । उनी नेपाल तरुणदलका स्थानीय युवा नेता समेत हुन ।

Advertisment