हिमपहिरोमा हराएका सबैको शव भेटियो

भुपाल गुरुङ
पोखरा, १९ बैशाख ।

अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका सातै जनाको शव भेटिएको छ ।

गत माघ ३ गते कास्कीको अन्नपुर्ण गाँउपालीका वडानम्बर ११ अन्र्तगत देउराली र हिमालयनको बिचमा पर्ने झिंकु केभ नजिक हिम पहिरोमा परि बेपत्ता भएका तिन नेपाली र चार कोरियनको शव फेला परेको हो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले करिव सय दिन लगाएर सातै जनाको शव हिमपहिरोबाट निकाल्न सफल भएका हुन् । बाक्लो हिमपातका कारण करिव सय दिन देखि बेपत्ताहरुको खोजी कार्य प्रभावित हुदै आएको थियो ।

आज एक नेपाली र अर्का एक जना कोरियन नागरिको शव फेला परे संगै सातै जनाको शव फेला परेको अन्नपुर्ण गाँउपालीका वडानम्बर ११ का वडाध्यक्ष हिम बहादुर गुरुङले जानकारी दिए । बेपत्ता पाँच जनाको शव यसअघि नै फेला परिसकेको थियो । हिम पहिरोमा परि ज्यान गुमाउनेमा तिन नेपाली छिरिवाङ भोटे, सरोज परियार, मेन बहादुर तामाङ र कोरियन नागरिकहरु सुकजा के, फिल जोङ्ग, मिन सुएल, हिवाङसी रहेको जनाएको छ । शवलाई पोखरा ल्याएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वेपत्ताहरुको खोजीका लागि विशेष पहल गरेका थिए ।

Advertisment