राष्ट्रपति पौडेलबाट सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौ । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सांझ असन पुर्याइएको छ ।
असन पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै पुजारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभयो ।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथकाे रथयात्रा मंगलबार अपरान्ह काठमाडौ तीनधारा पाठशालाबाट शुरू भएर सांझ असन पुरयाईएको हो ।

विशेषत वर्षा र सहकालकाे कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमिका दिनदेखि याे रथयात्रा शुरू हुन्छ ।

Advertisment