भानुजयन्तीमा मानवीय सेवन अभियानमा बिपद अत्यका लागि शान्ति पाठ

पाेखरा,२९, असार । भानु जयन्तीको अवसरमा मानवीय सेवन अभियान नेपाल र सिद्व पराेपकार वैदिक गुरुकुल अाश्रमकाे संयुक्त अायाेजनामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ

कार्यक्रममा देशमा घटेका प्राकृतिक विपत्तिकाे तथा विश्वमा भाेग्नुपरेकाे महामारीकाे अत्यकाे कामना गर्दै शान्ति पाठ समेत गरिएको थियो ।
कार्यक्रममा बाेल्दै अाश्रमका संरक्षक तथा पराेपकार महासंघका केन्द्रीय अध्यक्ष युवा पं कमलनयन गाैतमले भानु जयन्तीको अवसरमा पराेपकारमा अाएर विद्यार्थीकाे प्रतिभा प्रष्फुटन गराउन सहयोग गर्ने सम्पूर्ण अभियन्तालाइ धन्यवाद ज्ञापन गर्नुभयो साथै पराेपकार जस्तो ठुलाे सेवा अरु नभएको बताउनुभयाे ।

त्यस्तै युवा चिन्तक तथा सल्लाहकार माधव पहारीले हरेक मानिससंग कुनै न कुनै प्रतिभा हुने भएकाले यस्तो कार्यक्रमले लुकेका प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताउनुभयाे ।
अभियानका अध्यक्ष तथा अधिवक्ता सुष्मा पाैडेलले हरेक विद्यालय तथा अाश्रममा शैक्षिक गतिविधि बन्द भएकाले विद्यार्थीलाई सृजनात्मक बनाउन उक्त कार्यक्रम अायाेजना गरिएको बताउनुभयो ।
कार्यक्रम संयाेजक तथा उपाध्यक्ष मेघमान श्रेष्ठले लकडाउनका समयमा पनि मानवीय सेवा अभियान सकृय भुमिका खेलेको बताउदै कार्यक्रमलाई निरन्तरता दिदै याेजना रहेकाे बताउनुभयो ।
अाश्रमका प्राचार्य तथा निर्णायक संयाेजक राजु बडालले स्वागत तथा प्रतियोगिताकाे नियम, अभियानका सदस्य पुर्णदिप सिग्देल,तथा केशव घिमिरे निर्णय सार्वजनिक गर्नुभएको थियाे । १८ जना सहभागी सबैलाई पुरस्कार तथा मायाको चिनाे प्रदान गरिएको थियाे। भने सर्वाेकृष्ट स्थान हासिल गर्न सफल दिपेश पाैडेललाइ नगद सहित सम्मान गरिएको थियाे ।
कार्यक्रमम पराेपकार महासंघका जिल्ला उपाध्यक्ष उशा गाेशेली सदस्य गिता लामिछाने , दिपा पाैडेल अाश्रमका सचिव कृष्ण शर्मा लगायतले बाेल्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन महासचिव कार्यक्रमकाे सञ्चालन महासचिव सावित्रा शर्माले गर्नुभएको थियाे ।

Advertisment