लायन्स क्लब अफ गण्डकी स्टेटकाे न्यानो कपडा वितरण

पोखरा, १९ मंसीर
लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटले पोखरा २२ स्थित महेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । छोरा मन्दिप सुनारको जन्मदिनको अवसर पारेर उनका पिता तथा क्लबका सदस्य राजु सुनारले विद्यालयलाई न्यानो कपडा शुक्रवार हस्तान्तरण गरेका हुनु ।
क्लबको संयोजनमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई कपडा वितरण गर्दै गण्डकी प्रदेशका आन्तरीक मामीला तथा कानुन मन्त्री हरीबहादुर चुमानले सरकारले सबै बालबालिकाको स्वास्थ्य र शिक्षाको जिम्मेवारी लिने बताए ।
नेकपाका नेतासमेत रहेका चुमानले आफुहरु हरेक बालबालिकाले निशुल्क शिक्षा स्वास्थ्य राज्यका तर्फबाट शुनिश्चित हुनुपर्ने आवाज उठाईरहेकोमा हाल सरकारमा समेत भएकाले त्यो व्यवस्था कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले लायन्स क्लबहरुले शिक्षा, स्वास्थ्य तथा नागरीकको विपतका बेला साथ दिने गरीरहेकोमा धन्यबाद दिदै राज्यको अनुपस्थितीमा समेत सहयोगी हातहरु बढेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रीभुवन पौडेलले लायन्स क्लबले समाजमा दाहरणीय कार्य गरीरहेको उल्लेख गर्दै समय अनुसारका सहयोगी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा १ सय ३६ थान स्वीटर लगायतका न्यानो कपडा वितरण गरीएको थियो । कार्यक्रमको संचालन क्लबका संस्थापक अध्यक्ष अमृत बरालले गरेका थिए भने अध्यक्षता क्लबका अध्यक्ष रवीन्द्र कुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलदेवी बराल, ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराज बराल , पोखरा, २२ का वडा सदस्य मातृका बराल , क्लबका सदस्य मिलन पौडेल लगायतले बोलेका थिए ।

Advertisment