राष्ट्रपति लाई महाअभियाेग, ओलीलाई अबिश्वास प्रस्ताव ल्याई हटाऊ -तरुण दल

काठमाडौं । नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीप्रति गम्भीर आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौंदेखि संसदलाई बन्धक बनाएर र उपसभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ’ भनेका छन् ।

उनले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न समेत आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ । साथै सम्माननीय राष्ट्रपति ज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।’

Advertisment