तमु धिं मा मनाेनित सदस्यहरुले लिए सपथ, ल्होछार दुरी कायम गरी मनाउने

पोखरा, ३ पुस
तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रिय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहण गरिएको छ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा मनोनित सदस्यहरुलाई अध्यक्ष हुमबहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने निवर्तमान प्रथम उपाध्यक्ष सरस्वती तमुले खादाबाट बधाई, कार्यक्रमकी प्रमुख अतिथि निवर्तमान अध्यक्ष कर्म तमुले प्रमाणपत्र वितरणका साथै बधाई एवम आर्शिवचन मन्तव्य व्यक्त गरेकी थिइन्।
ल्हाेछार मनाउने !
यसैविच कार्यसमितिको बैठकले तमु ल्वों ल्होछारका कार्यक्रमहरु कोभिड १९ कोरोना भाइरसको संक्रमण महामारीका कारण सिमित संख्या, भौतिक दुरी र स्वास्थ्य सुरक्षा सतर्कता अप्नाउदै मनाउने निर्णय गरेको छ ।
ल्होछारको अवसरमा पुस १३ गते शुभकामना आदानप्रदान, साँस्कृतिक प्रस्तुति, जलपानसँगै विभिन्न अक्षयकोषहरुबाट सम्मान, पुरस्कृत र छात्रवृत्ति वितरण गरिने, पुस १४ गते बेलुका तमु ह्युलचोकमा दीप प्रज्वलन र ल्वों ल्होलाई स्वागत कार्यक्रम, १५ गते समाजघरहरु, क्होइवो, गुम्बामा ल्होछार मनाउने, १६ गते सामुहिक ल्होछार÷ल्होसारमा सकृय सहभागी र ल्होछारको अवसरमा जुम भर्चुअल मार्फत देश विदेशबाट सहभागीता रहने गरी ल्होछार शुभकामना कार्यक्रम गर्ने निर्णय भएको महासचिव जुनाकुमारी तमुले जानकारी दिईन ।

यसैविच तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिलाई तमु विद्यार्थी समिति, तमु कलाकार संघ प्रदेश समिति र गुरुङ फिल्म एशोसियशन नेपाल(जिफान)ले संस्थागत रुपमा फेटा, क्रमु, खादा, माला, बुके लगायतबाट बधाई ज्ञापन गरेको थियो ।

Advertisment