पोखरेली एलिना नेपाल स्टारको टप ५ की एक्ली महिला प्रतिष्पर्धी, भाेट गर्न अपिल

पोखरा, २८ पुस । सि∙िङ रियालिटी शो वाई वाई नेपाल स्टारकी प्रतिस्पर्धी पोखरेली चेली एलिना गुरुङ टप ५ मा प्रवेश गरेकीछिन।
गत राउण्डमा सबै भन्दा उत्कृष्ट प्रस्तुतिका साथ पर्फर अफ द डे घोषित हुदै १५ हजार रुपैया पुरस्कारसहित टप ५ मा एलिना प्रवेश गरेकी हुन। डेञ्जर जोनमा कहिल्यै नपरेकी उनीे एक्ली महिला प्रतिष्पर्धीका साथै नेपाल स्टारको उपाधिको दावेदार हुन।
टप ५ मा प्रवेशका लागि प्रस्तुतिमा डेञ्जर जोनमा परेका सन्देश बोमजन लामा, अमिन परियार र सिद्धान्त खडका मध्ये झापाका सिद्धान्त खड्काको नेपाल स्टारको यात्रा टुङ्गिएको हो।

फाइनल प्रवेशका लागि एक्ली महिला प्रतिष्पर्धी पोखरेली चेली एलिना गुरुङ, काठमाण्डौका सुरेस लामा, तेह्रथुमका लक्ष्मण लिम्बु, धरानका सन्देश बोमजन लामा र पोखराकै अमिन परियार प्रतिष्पर्धामा रहेका छन्।भोटका आधारमा आउदो शनिवार एक जना प्रतिष्पर्धी बाहिरिदै ४ जना फाइनल प्रवेश गर्दैछन्। आफुलाई फाइनल प्रवेशका लागि NS03 मा भोट गरी 33001 मा पठाउन एलिना गुरुङले अनुरोध गरेकीछिन्।

Advertisment