पोखरा । पोखराका पत्रकारसंग भ्वाईस अफ चिल्ड्रेनको एकदिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उप निर्देशक राजु घिमिरेले ९९% प्रतिशत अभिभावकले आफुसंग ईन्टरनेटको सुबिधा भएको, अनलाईन बालयौन दुर्ब्यवहारबारे कानुनी प्रावधानहरु, उजुरी प्रकृया, ईन्टरनेट सेवा प्रदायकहरुको भुनिका, डिजिटल साक्षरता लगायतमा अभिभावकीय शिक्षा जस्ता बिषयमा जानकारी हुनुपर्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा अग्रज पत्रकार एबं पत्रकार महासंघका पुर्ब उपसभापती गंगाधर पराजुलीले बाल अधिकार प्रवर्द्दनमा सन्चारकर्मीको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै सन्चार माध्यमले बालवालिकाका बिषयमा सचेत हुंदै समाचार प्रकाशन / प्रसारण गर्नुपर्ने र आचार संहिता पुर्णरुपमा लागु गर्न सके बाल अधिकार सुरक्षित गर्न सकिने प्रष्टयाएका थियो । 
कार्यक्रम संयोजक अप्सरा गुरुङले सन्चार माध्यममा कार्यरत सन्चारकर्मीहरुसंग बालअधिकारका बारेमा यस प्रकारका अन्तर्कृया कार्यक्रम गर्दै जाने जानकारी दिएका थिए ।
अन्तर्कृयामा प्रेस काउन्सिलका निनर्तमान सदस्य केशब शरण लामिछाने, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेशका महासचिब जमुना शर्मा “बर्षा” लगायतले बाल अधिकार र सन्चार माध्यमका बारेमा आ-आफ्ना धारणा राखेका थिए ।




