संघीयतालाई परिजमार्जन गर्नुपर्दछ –पूर्वमन्त्री भण्डारी

दमौली , ५ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले संघीयतालाई परिमार्जन गर्न जरुरी देखिएको बताएका छन् ।

हाल संविधानमा केन्द्र ,प्रदेश र स्थानीय तहको व्यवस्था गरेकोमा केन्द्र र स्थानीय तहको भुमिका प्रमुख देखिएको हुँदा संघीयतालाई परिमार्जन गर्नुपर्ने के.स.भण्डारीको जिकिर रहेको छ ।के.स.भण्डारीले सो कुरा काग्रेस केन्द्रीय कार्य समितिको बैठकमा धारणा राख्ने क्रममा बताएका हुन् । जनताको प्रत्यक्ष सम्बन्ध स्थानीय तहसंग हुने हुँदा स्थानीय तहलाई थप शक्तिशाली बनाउनु पर्ने धारणा के.स.भण्डारीले राखेका थिए । संघीयतालाई परिमार्जन गर्ने क्रममा स्थानीय तहको संख्या घटाउन सकिने र थप अधिकार प्रदान गर्न सकिने भण्डारीको भनाई थियो । यस किसिमले परिमार्जन गर्दा प्रदेशको संरचना आवश्यक पर्न नसक्ने समेत के.स.भण्डारीको भनाई थियो । अहिलेको अवस्थामा प्रदेशमा मुख्यमन्त्री बाहेक अन्य मन्त्री र सांसदको भूमिका माथि आलोचना हुन थालेको अवस्थामा परिमार्जन आवश्यक भण्डारीको भनाई थियो । बैठकमा केन्द्रीय सदस्य भण्डारीले हिन्दु राष्ट्रको एजेण्डालाई कांग्रेस उच्च प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका थिए ।

Advertisment