कल्याण गुरुङ । अत्यन्त राम्रो बजेट ल्याउनु भएकोमा सम्माननीय प्रधानमान्त्री श्री बालेन्द्र शाह र माननीय अर्थमन्त्री डा. श्री स्वर्णिम बाग्लेलाई हार्दिक बधाई छ । हाल सरकारमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई छ ।
यो अत्यन्त महत्वाकांक्षी बजेट हो । यसको सबल र निर्बल पक्ष भनेको नै यसले नेपालको बजेट इतिहासमा नै सबैभन्दा बढी जोखिम लिएको छ ।
बजेट व्यबहारिक छ र यसले सबै पक्षलाई संतुलितरुपले समेटेको प्रत्यक्ष अनुभूति दिएको छ । तर यसको सबैभन्दा कठिन चुनौती यस बजेटको अधिकतम कार्यान्वयनको पक्ष रहेको छ ।
१. बजेट कार्यान्वयन हुन सकेमा सबैभन्दा उत्तम बजेट हुनेछ ।
(क) देशमा आर्थिक समृ्द्धिको मुहान खोल्नेछ ।
(ख) सुशासनको थिति बसाल्नेछ ।
(ग) विकासको लागि आवश्यक आधारभूत पुर्वाधार निर्माण गर्नेछ ।
(घ) आधुनिक सूचना प्रविधि र नवप्रबर्द्धनको लागि अभुतपुर्व अवसर सिर्जना गर्नेछ ।
(ङ) ठुला ठुला देखी स-साना लगानीसम्मको लागि उपयुक्त वातावरण तयार गर्नेछ ।
२. बजेट कार्यान्वयन हुन नसकेमा सबैभन्दा डरलाग्दो बजेट हुनेछ ।
(क) आर्थिक असमानता बढाउनेछ ।
(ख) मूल्यबृद्धि अत्यधिकरुपमा बढनेछ ।
(ग) देश आन्तरिक तथा बाह्य ऋणमा डुब्नेछ ।
(घ) एक झोला सामान किन्न एक बोरा रुपैया बोकेर बजार जानु पर्ने परिस्थिति निर्माण हुन सक्छ ।
(ङ) मुद्रा स्फितिमा अत्यधिक बृद्धि र आर्थिक असमानतामा फराकिलो दूरी कायम भएमा देशमा तीव्ररुपले गरिबी बढनेछ र देश आन्तरिक द्वन्द्वमा जान सक्ने संभावना रहने अनुमान गर्न सकिन्छ ।
३. VAT लाई निरन्तरता दिनु गलत कदम हो । VAT को सट्टामा GST लागु गरेको भए राजस्व संकलन बढने थियो र बढी निष्पक्ष पनि हुने थियो ।
४. दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सबारी साधनहरुमा कर हटाउनु पर्थ्यो वा कम्तिमा ७५% कर घटाउनु पर्थ्यो । त्यसो नगर्नु गलत कदम हो ।
५. कुनै एक प्रकारको सामानको समान एउटै भन्सार शुल्क दर तोकेको भए राम्रो हुने थियो ।
सामानहरुको भन्सार शुल्क बढीमा ७% तोकेको भए बढी राजस्व संकलन हुने थियो किनकी कम भन्सार शुल्क भएमा सबै व्यापारीले भन्सार तिरेर नै सामानहरु ल्याउने थिए । सामानहरुको तस्करी हुने संभावना अत्यन्त कम हुने थियो ।
आ. व. २०८३/०८४ को बजेटको बारेमा अन्य संभावित सकारात्मक र नकारात्मक पक्षहरुको विषयमा आवश्यक भएमा पछि पुनः लेख्नेछु । लेखक : नेपाली कांग्रेसका नेता हुन ।




