ओलीलाई प्रचण्डको निर्देशन : भाषण होइन, एक्सन लिएर काम गर्नुस्

 

काठमाडौं , २७ फागुन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री र मन्त्रीहरुलाई कठोर कदम चाल्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो बनाएको बताए । भ्रष्टाचार, अनियमिता गर्नेहरुविरु कठोर कदम चाल्न आग्रह गर्दै उनले भने, ‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन् ।’

अब केही हुन्छ कि भनेर निराश भएको धेरै भएको भन्दै उनले अब एक्सनमा उत्रन आग्रह गरे ।

बोक्सीको आरोपमा भएको कुटपिट, ८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटना उल्लेख गर्दै उनले भने, ‘भाषण होइन, सिधै दोषीमाथि कारबाही होस् भन्ने जनताले चाहेका छन् ।’

Advertisment