पोखरा लेकसाइड अब “नो भेइकल जोन”

भुपाल गुरुङ,
पोखरा, ४ चैत्त ।

पर्यटकिय नगरी पोखराको लेकसाइड क्षेत्रलाई सवारी साधन निशेधित (नो भेइकल जोन) गरिने भएको छ ।

पर्यटकलाई मध्यनजर गर्दै पोखरा लेकसाइडको हल्लानचोक देखि बराहिचोक सम्मको करिव १ किलोमिटर सडकलाई सवारी साधान निषेधित गर्न लागिएको हो । पहिलो चरणमा अगामी चैत्त ९ गते देखि सातामा दुई दिन उक्त क्षेत्रमा सवारी निषेध गरिने पोखरा लेखनाथ महानगरपालीका वडानम्बर ६ का अध्यक्ष जगत पहारीले बताए । लेकसाइड क्षेत्रलाई शान्त वातावरणमा रमाउने थलो बनाई नमूना कायम गर्न सवारी साधन निषेध गर्न खोजिएको उनको भनाई छ ।

यो संगै साताको शुक्रबार र शनिबार बेलुका ५ बजे देखि मध्यरात १ बजे सम्म यो क्षेत्रमा कुनै पनि सवारी साधान प्रवेश गर्न पाउने छैनन् । लेकसाइडलाई सवारी साधान निषेध बनाउन वडाध्याक्ष पहारीको संयोजकत्वमा विभिन्न पर्यटन संग सम्बन्धित निकायका संघसंस्था पदाधिकारी सदस्य रहेको समिति समेत गठन गरेको छ । पोखराको लेकसाइड क्षेत्रलाई सवारी साधान निषेश गर्न स्थानिय पर्यटन व्यवसायी पनि राजि छन । तर योजना मात्र बनाएर नहुने उनिहरुको जिकिर छ । ५ वर्ष अघि पनि लेकसाइड क्षेत्रलाई नो भेइकल जोन घोषणा गरे पनि कार्यन्वयन नभएको स्मारण गराउदै पर्यटन व्यवसायीले पुर्वाधार सहित योजना बनाएर अगाडि बढ्नुपर्ने पर्यटन व्यवसायी गोविन्द पहारीको भनाई छ ।

लेकसाइड क्षेत्रमा सवारी साधानको चाप बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न स्थानिय सरोकार निकायहरुले सहयोग गर्न जरुरी रहेको उनिहरुको भनाई छ । लेकसाइड क्षेत्रलाई सवारी साधान निषेध गर्ने अभियानमा नेपाल पर्यटन बोर्ड सहयोग गर्न तत्पर रहेको भन्दै अभियानलाई सफल पार्न ध्वनि प्रदुषणलाई नियन्त्रण गरी मौलिक र सांस्कृतिक कार्यक्रम पस्कन सक्नु पर्ने नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख सुर्य थपलिया बताए ।
सर्वपक्षीय छलफलबाट लेकसाइडलाई सवारी साधान निषेध गर्ने निर्णय भएकाले कार्यान्वयन हुनेमा जनप्रतिनिधीहरु आशावादी छन् । नो भेइकल जोन हुँदा पर्यटकलाई स्वतन्त्र र सुरक्षित रुपमा हिँडडुल गर्न वातावरण मिल्ने उनिहरुको प्रतिक्रिया छ । भने सवारी साधान निषेश गरिएपछि सवारी साधान पार्किङ्गका लागि व्यवास्थित उचित स्थान तोकिनु पर्ने रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले बताए ।

लेकसाइड क्षेत्रमा सवारी पार्किङ्गका लागि विभिन्न स्थानहरुको पहिचान गर्ने कार्य शुरु गरिएको छ । पार्किङ्गमा राखिएका सवारी साधानहरुको पुर्ण सुरक्षाका लागि स्थानिय प्रशासनले सुरक्षाको व्यवस्था मिलाउने बताएको छ । पार्किङ्ग स्थलमा सिसि क्यामरा र सोलार लाईट सहितका भौतिक पुर्वाधार निमार्ण गरिने समेत जनाएको छ । व्यवस्थीत र उचित पुर्वाधार सहित सधैँका लागि नो भेइकल जोन गर्न सकिए पर्यटकिय क्षेत्र लेकसाइड पिस टुरिजमको नयाँ गन्तव्य बन्ने छ ।

Advertisment