चिठ्ठा परेको भन्दै सामाजीक संञ्जाल प्रयोग गरि करोडौँ ठग्ने प्रहरीको फन्दामा

 

भुपाल गुरुङ,
पोखरा, ५ चैत्र । 

सामाजीक सञ्जाल मार्फत विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारेर पैसा असुल गर्नेे ९ जना प्रहरीको फन्दामा परेका छन्  ।

सामाजीक सञ्जाल फेसबुक, म्यासेन्जर, इमो,भाइबर लगायतलाई माध्यम बनाएर करिव १ करोड ३० लाख ठगेको आरोप लागेका ९ जनालाई कास्की प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा नेत्रवति गाँउपालीका १ धादिङका ठाकुर गुरुङ, गणेश गुरुङ, मनोज तामाङ, खनियावास गाँउपालीका ५ धादिङ्गका टेक बहादुर तामाङ, सोहि ठाँउका जेनिस तामाङ, निस्दी गाँउपालीका ७ ज्यामिरे पाल्पाका याम बहादुर मगर रहेका छन् । त्यसैगरी जेलेश्वर नगरपालीका ६ महोत्तरीका संगिता मिश्र, मनर नगरपालीका ९ महोत्तरीका कामनी तिवारी र सोहि स्थान कै योगेन्द्र तिवारीलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।

कास्की, धुनषा, पाल्पा लगायत जिल्लाका ८० जना व्यक्तीहरुलाई सामाजीक संञ्जाल मार्फत तपाँईलाई २५ लाखको चिठ्ठा प¥यो भनि सो रकम लिनका लागि ट्याक्स क्लियरेन्स नभएकाले बोर्डरमा राजश्व लाग्ने भन्दै ठगी गरेको प्रहरीको आरोप छ । सामाजीक संञ्जालमा नक्कली नाम बनाई प्रलोभनमा पारि पैसा मागी फरार रहेका अभियुक्त विरुद्ध कास्की प्रहरीमा उजुरी परेपछि प्रहरीले गिरोहको खोजि गरेको थियो । अभियुक्तहरुले प्रयोग गरेका आइ एम इ कार्डलाई ट्रयाग गरि पक्राउ गर्न सफल भएको कास्की प्रहरीले बताएको छ ।

प्रहरीले आरोपित व्यक्तिहरुको साथबाट नगद २ लाख १ हजार, मोवाइल सेट, पैसा निकाल्न प्रयोग भएको दुई नागरिकता, आइ एम इ कार्ड लगायत बरामद गरेको छ । पक्राउ परेका ९ जना विरुद्ध कास्की प्रहरीले ठगि मुद्धा चलाइ अनुसन्धान थालेको छ । त्यसैगरी कास्की प्रहरीले २२ सेट लागुऔषध सहित पोखरा लेखनाथ महानगरपालीका ४ सिद्धार्थचोकका विकास सुबेदीलाई पक्राउ गरि अनुसन्धान गरेको छ । १८ वर्षिया सुबेदीलाई पोखरा लेखनाथ महानगरपालीका २५ हेम्जामा चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको बताएको छ ।

Advertisment