पोखराका क्याम्पसको कार्यक्रममा भाषणै भाषण…

पोखरा वैशाख २२ गते ।
पोखराको जेठो पव्लिक क्याम्पस पोखरा वहुमुखी क्याम्पसले आफ्नो छैठो वार्षिक साधरणसभा शनिवार सम्पन्न गरेको छ । साधरणसभाको उद्घाटन गर्दै शिक्षाविद् गणेशवहादुर गुरुङले कलेजको शैक्षिक र भौक्तिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने वताउनुभयो । उहाँले समयानुकुल प्राविधिक र रोजगारमुलक पाठयक्रम थप्न कलेजलाई सुझाव समेत दिनुभयो । क्याम्पसको संस्थापक समेत रहेका गुरुङले पोखराको मुटुमा रहेको कलेजले स्थायित्व पाउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ का वडाअध्यक्ष रामराज लामीछानेले क्याम्पसको भौक्तिक पूर्वाधार निर्माणका लागि वडाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले क्याम्पस वडाको महत्वपूर्ण सम्पत्ती समेत भएको कारण यसको संरक्षण र समृद्धि गराउने जिम्मा समेत वडावासीको भएको वताउनुभयो । त्रि।वि प्रतिनिधी डा। यमनाथ तिमिल्सिनाले क्याम्पसको व्यापक सुधार आवश्यक रहेको वताउनुभयो । क्याम्पसका पूर्वअध्यक्ष शंकर देवकोटाले क्याम्पसको विकासका लागि प्राज्ञिक सोँच आवश्यक रहेको वताउनुभयो । उहाँले कलेजको शैक्षिक वृद्धि थप गरि विद्यार्थी आकर्षण वढाउन सुझाव दिनुभयो ।
क्याम्पस संचालक समितिका कार्यवाहक अध्यक्ष नन्दराम गिरीको अध्यक्षतामा भएको वार्षिक साधरणसभा कार्यक्रममा पूर्वक्याम्पस प्रमुख प्रा।डा यादव शर्मा गौडेल, प्राध्यापक संघका सभापति एवं पूर्व क्याम्पस प्रमुख हस्तवहादुर थापा, संचालक समिति सदस्य मुना वाँस्तोला, आजिवन सदस्य रवीन्द्र्र माकाजु, विद्यार्थी कल्याणकारी संघका उपाध्यक्ष विजय नेपाली लगायतले क्याम्पसको शैक्षिक उन्नयनको लागि शुभकामना दिनुभएको थियो । साधरणसभाले संचालक समितिका कार्यवाहक अध्यक्ष नन्दराम गिरीको वार्षिक र कोषाध्यक्ष जगत के।सीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको थियो । साधरणसभा कार्यक्रममा क्याम्पसका प्रमुख संरक्षक, संरक्षक र आजिवन सदस्यहरुको प्रमाणपत्र समेत वितरण गरिएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिनुभयो । साथै साधरणसभाले प्रमुख संरक्षकको शुल्क ५० हजार वाट एक लाख, संरक्षकको १० हजारवाट ५० हजार र आजिवन सदस्यको ५ हजारवाट १५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय समेत गरेको छ ।
पोखराका शिक्षाप्रेमीहरुको पहलमा २०४४ सालमा पोखराको टुडीखेलमा पोखरा वहुमुखी क्याम्पसको स्थापना भएको थियो । सुरुमा राष्ट्रिय माविको भवनमा विहानी सत्रको पठनपाठन गराउँदै आएको यो क्याम्पस २०५९ सालदेखि पोखरा नयाँवजारमा रहेको महेन्द्र माविमा स्थानान्तरण भएको थियो । मानविकी र व्यवस्थापन संकायको प्रविणता प्रमाणपत्र तहमा १ सय ४७ जना विद्यार्थी लिएर स्थापना भएको पोखरा वहुमुखी क्याम्पसमा अहिले स्नातक तहसम्मको पठनपाठन हुँदै आएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिनुभयो ।

Advertisment