प्रधानमन्त्री ओलीको सपना तुहाउने षणयन्त्र सिंहदरबार बाटै शुरु : मुख्यमन्त्री गुरुङ

 

भुपाल गुरुङ,
पोखरा १७ जेठ ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपि शर्मा ओलीलाई असफल बनाउन सिंहदरबार भित्रै बाट लागेको आरोप लगाउनुभएको छ ।

तेस्रो चरणको अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव कास्कीको घान्द्रुकमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री ओलीको आर्थीक समृद्धि हासिल गर्ने सपना तुहाउने षणयन्त्र सिंहदरबार बाटै शुरु भएको जिकिर गर्नुभएको हो । गुरुङले सरकारले ल्याएको बजेट संघीयता विपरित रहेको भन्दै बजेटले पंचायतको झल्को दिएको बताउनुभयो । उहाँले तल्लो तहका जनता र देशको समस्या बुझ्न नसक्ने अर्थमन्त्रीले ल्याएको बजेट संघीयता विरोधी भएको ठहर गर्नुभएको हो ।

आफ्नै पार्टीका अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध खनिदै मुख्यमन्त्री गुरुङले पुस्ताकमा मात्रै योग्यता हासिल गरेर राजनेता हासिल गर्न नसक्ने भन्दै टेक्नोक्राण्ट र व्युरोक्राप्टले बनाएको बजेटले नमिठो अनुभुति दिएको बताउनुभयो । संघीय सरकारले स्थानीय या प्रदेश सरकार बलियो बनाउन भन्दै व्यक्तिगत रुपमा बजेट दिएर भष्ट्रचारलाई प्रसाय दिएको उहाँको आरोप छ ।

उहाँले बजेटको सिलिङ राख्ने बेला देखि नै जनताको खिलाप रहेको भन्दै यसले सरकारालई असफलता तर्फ इंकित गर्ने तर्क गर्नुभयो । मुख्यमन्त्री गुरुङले स्थानीय तहका जनप्रतिनिधीलाई अधिकार मात्र दिएर नहुने भन्दै स्रोत र साधान पनि दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर समस्याको समाधान खोजिनुपर्ने जोड दिनुभयो ।
अन्नपुर्ण पदमार्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विहिबार देखि आयोजना गरिएको महोत्सव जेठ २० गते सम्म चल्नेछ । नेपालमा विदेशी नागरिक मौरीस हर्जोगले अन्नपुर्ण हिमालको पहिलो पटक आरोहि गरेको दिन मे ३ तरिखलाई अन्नपुर्ण दिवसका रुपमा मनाउदै आएको छ । सोहि दिन अन्नपुर्ण आधार शिविर देखि घान्द्रुक सम्मको म्याराथन समेत आयोजना गरिएको छ ।

Advertisment