पहिचानका आधारमा प्रदेश नामाकरण नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी, मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

भुपाल गुरुङ,
पोखरा, २४ जेठ ।

प्रदेश ४ को नामाकरण पहिचानको आधारमा हुनुपर्ने भन्दै गुरुङ, मगर लगायत आदिवासी जनजातिहरु आन्दोलित भएका छन् ।

लामो समय देखि पहिचान सहितको संघियता र नामाकरणमा आन्दोलरत आदिवासी जनजातिहरुले पछिल्लो क्रममा प्रदेश ४ को नामाकरण समितिले प्रदेशको नाम गण्डकी सिफारिस गरेपछि थप आन्दोलनका कार्यक्रमलाई तिव्रता दिएका हुन् ।

प्रदेश ४ मा विभिन्न आदिवासी जनजातिहरुको घटक संस्था सम्बद्ध संघर्ष समिति समेत गठन गरेको छ । संघर्ष समितिले हाल मुख्यमन्त्री, सभामुख एवम प्रदेश सांसदहरुलाई ज्ञापनपत्र बुझाउनुका साथै पोखरामा शान्ती पुर्ण ¥याली समेत गरेको छ । बिहिबार मात्रै तमुवान मगरात संघर्ष समिति स्याङजाले पनि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संग भेट गरि प्रदेशको नामाकरण पहिचानको आधारमा तमुवान मगरात हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय उपाध्यक्ष यम बहादुर गुरुङ, जिल्ला अध्यक्ष रवि गुरुङ लगायतको टोलीले मुख्यमन्त्री गुरुङलाई भेटी पहिचान बाहेकको नामाकरण मान्य नहुने जानकारी गराएका हुन् ।

मुख्यमन्त्रीको ध्यानाकर्षण गराउदै तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय उपाध्यक्ष यम बहादुर गुरुङले संसदीय नामाकरण समितिले बुझाएको नामाकरण आफँहरुलाई मान्य नहुने भन्दै त्यहि पास भए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले प्रदेश ४ गुरुङ र मगर समुदायको भुमि रहेको भन्दै पहिचान, सभ्यता र ईतिहासलाई सम्बोधन हुनुपर्ने माग राख्नुभयो ।

कार्यक्रममा तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद स्याङजाका अध्यक्ष रवि गुरुङले प्रदेशको नामाकरण जातिय नभई पहिचानको सम्मानका लागि हुनुपर्नेमा जोड दिनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले नामाकरण बारे संसदमा प्रतिवेदन पेश भएको भन्दै प्रकृयागत रुपमा अगाडि बढ्ने बताउनुभयो । उहाँले नामाकरणका लागि समितिले १ महिने लामो अन्र्तक्रिया गरेर प्रतिवेदन बुझाएको भन्दै दुई नम्बरमा तमुवान मगरात राखिएको बताउनुभयो । कार्यक्रममा स्याङजा र कास्कीका आदिवासी जनजाति अगुवाहरुको सहभागीता थियो ।

Advertisment